
पोखरा स्पोर्टस । राष्ट्रिय फुटबल टोली शुक्रबार कतार प्रस्थान गरेको छ ।
साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली कतार इएरवेज बाट त्यसतर्फ प्रस्थान गरेको हो । माल्दिभ्समा अक्टोबर १ देखि १६ सम्म हुने साफ च्याम्पियनसीप तयारीका लागि नेपाल कतार प्रस्थान गरेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने व्यवस्थापन मिलाउन कतार पुगिसकेका छन् । एन्फाले बिहीबार नेपाली टोलीलाई बिदाइ गरेको थियो । कतारमा प्रशिक्षणपछि नेपाली टोली सेप्टेम्बर २७ मा साफ च्याम्पियनसिपमा सहभागि हुन सोझै माल्दिभ्स जानेछ । अक्टोबर १६ सम्म हुने १३औं संस्करणको साफ च्याम्पियनसीपमा ५ टिमले राउण्ड रोबिनका आधारमा प्रतिष्पर्धा गर्नेछन् भने शीर्ष दुई टोली फाइनल भिडनेछन ।
१३ औं संस्करणको साफ च्याम्पियनसिपमा कोभिडका कारण भुटानले सहभागिता जनाएको छैन भने पाकिस्तान फिफाले प्रतिवन्धित गरेको छ ।
