पोखरामा असोज २ गते बाट राष्ट्रिय फुटसल लिग

उद्घाटन खेलमा द राइजिङ क्लब धरान र स्काई गोल्स काठमाडौं भिड्ने

पोखरा स्पोर्टस । पोखरामा असोजको २ गते बाट राष्ट्रिय ए डिभिजन फुटसल लिग हुने भएको छ ।

असोज २ गते पोखरा रंगशाला स्थित वहुउद्धेश्यिय कभर्ड हलमा आयोजना हुने उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स, काठमाडौं भिड्ने भएका छन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार जारी गरेको खेल तालिका अनुसार उक्त दिन दुई खेल हुने छन । दोश्रो खेल स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लब खेल्नेछन् ।

असोज २२ गते सम्म सञ्चालन हुने राष्ट्रिय फुटसल लिगमा प्रदेश नं १ बाट २ टिम, वागमती बाट ४ टिम, गण्डकी प्रदेश बाट २ टिम, लुम्विनी, कर्णाली र सुदुर पश्चिम बाट २ टिम गरी कुल १० टिमको सहभागिता रहने फुटसल कमिटीका प्रमुख विनोद गुरुङले जानकारी दिएका छन ।

नेपालमा ने पहिलो पटक आयोजना हुन लागेको ए डिभिजन राष्ट्रिय लिगको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही समान नगद २५ हजार रुपैयाँ पाउनेछन ।
खेल तालिका

https://the-anfa.com/storage/downloads/Futsal%20league%20fixtures_1631000711.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close