नेपाल र बंगालादेश महिला फुटबल टोली विच दुई मैत्रीपूर्ण खेल हुने

पोखरामा नहुने भयो मैत्रीपूर्ण महिला फुटबल

पोखरा स्पोर्टस । नेपाल र बंगालादेश विच दुई मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपाली फुटबलको छाता संस्था (एन्फा)ले जनाए अनुसार यहि बंगालादेशी टोलीले नेपाल संग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो । बंगालादेश महिला टोलीले यहि भदौ २४ र २७ गते खेल्ने भएको एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेलका लागि बंगालादेश महिला टोली भदौ २१ गते काठमाडौ आइपुग्ने एन्फाले जनाएको छ ।

नेपाली राष्ट्रिय महिला टोली २०२२ एएफसी महिला एसियन कप छनोटको तयारीमा छ । उज्वेकिस्तानमा हुने प्रतियोगिताको समूह एफ मा नेपाल फिलिपिन्स र हङकङ संग खेल्ने छ । दशरथ रंगशालामा दुई देश विच हुने उक्त प्रतियोगिताका लागि सामान्य प्यारापिटको लागि २०० रुपैयाँ र भीआईपी प्यारापिटका लागी ५०० रुपैयाँ तोकिएको एन्फाले जनाएको छ ।

पोखरामा नहुने भयो मैत्रीपूर्ण महिला फुटबल
नेपाल र वंगालादेश विच हुने मैत्रीपूर्ण खेल हेर्न पोखरेली दर्शक वञ्चित हुने भएका छन । यस अघि पोखरामा हुने भनिएको नेपाल र बंगलादेश विचको मैत्रीपूर्ण फुटबल अन्तिम समयमा आएर रोकिएको हो । पोखरा रंगशालामा हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल पूर्वाधार समयमा नसकिएको कारणले भएको हुन नसक्ने जनाएको छ । नेपाली फुटबलको छाता संस्था एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पूर्वाधार समयमा नसकिएको कारणले पोखरामा अन्तर्राष्ट्रिय खेलहरु अहिले नै सम्भव नहुने बताए । यस विषयमा एन्फा अध्यक्ष शेर्पा संग प्रश्न गर्दा उनले प्रति प्रश्न गर्दै भने–“अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु भने जस्तो सजिलो कहाँ हुन्छ र ? पहिला पूर्वाधार त सक्नु पर्‍यो ।”

एन्फाले दुई महिना अघि नै राष्ट्रिय खेलकुद परिषद मार्फत निर्माण पोखरा रंगशाला निर्माण कम्पनीलाई प्लेयर वक्स, चेन्जिङ रुमहरु र शूरक्षाका लागि गेटहरु यथास्रिघ सक्न आग्रह गरेको थियो । निर्माण कम्पनीले दुई वटा प्लेयर चेन्जिङ रुम र प्लेयर वक्सको निर्माण कार्य सकेको भए पनि अन्य कार्य भने सकेको छैन । निर्माण कार्य यहि असोज भित्र सकिने निर्माण कम्पनीले जनाएको छ ।

तस्विरःएन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close