पोखरा प्रोफेसनल फिजिकल फिटनेसले ५ किमि दौड आयोजना गर्ने

पोखरा स्पोर्टस । नेपाली युवाहरुलाई विदेशी तथा स्वदेशी सेनाका लागि आवश्यक फिजिकल प्रशिक्षण दिंदै आएको पोखरा फिजिकल फिटनेस सेन्टरले यहि भदौ २३ गते पोखरामा ५ किमि पुरुष दौड आयोजना गर्ने भएको छ ।

विश्व महमारी कोभिड १९ का कारण ठप्प जस्तै भएको खेलकुदले पोखरामा यो कार्यक्रम पछि रौनक थप्ने भएको हो । पोखराको पर्यटकिय क्षेत्र वडा नं ६ वैदाम हल्लनचोक बाट विहान ७ वजे शुरु हुने उक्त दौड जिरो किमि, मालेपाटन, वागलुङ बसपार्क हुँदै हरि चोकमा पुगेर सम्पन्न हुने पोखरा प्रोफेसनल फिजिकल फिटनेसका प्रवन्ध निर्देशक सन्दिप विकले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन ।

उक्त दौडमा करिव ३० जनाको सहभागिता रहने जनाउँदै प्रवन्ध निर्देशक विकले दौड विजेतालाई आकर्षक नगद पुरस्कार सहित मेडल, ट्रफी र टिशर्ट समेत प्रदान गरिने बताए । दौडमा प्रथम हुनेलाई नगद १०, दोश्रोलाई ७, तेश्रोलाई ५ हजार नगद प्रदान गरिने छ भने चौथो देखि तिसौं सम्मका प्रतियोगिहरुलाई मेडल, प्रमाणपत्र र टिशर्ट प्रदान गरिने भएको छ । दौडमा सहभागीता जनाउने महिलाहरुलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close