फुलकन्ट्याक्ट कराते महासंघको अन्तरक्रिया सम्पन्न

पोखरा स्पोर्टस । नेपाल फुलकन्ट्याक्ट कराते महासंघले विविध विषयमा छलफल गरी राय सुझाव लिन ललितपुरमा शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष दमन बस्नेतले महासंघलाई अझ कसरी सशक्त ढंगले अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बताउदै महासंघ प्रति केहि गुनासा भए सम्बद्ध पदाधिकारीहरुलाई भेटी आफ्ना कुरा राख्नु पर्नेमा जोड दिए । महासंघले गरेका विभिन्न कार्यक्रम तथा भावी दिनमा गरिने कार्यक्रमका बारेमा जानकारी अध्यक्ष बस्नेतले जानकारी समेत दिए ।

त्यसै अवसरमा उनले कोरोना भाइरस (कोभिड– १९) का कारण दिवंगत भएका क्योकुसिन करातेका प्रशिक्षक रामजीप्रसाद वज्राचार्यको स्मृतिमा स्थापन गरिने कोषका लागि विभिन्न संस्था र व्यक्तिबाट प्राप्त आर्थिक सहयोगका बारेमा पनि जानकारी दिए । उनले कोषमा जम्मा हुने रकमको ब्याजबाट प्रत्येक वर्ष स्व.वज्राचार्यको स्मृतिमा क्योकुसिन करातेका एक पुरुष/महिला खेलाडीलाई उत्कृष्ट खेलाडी चयन गरी पुरस्कृत गर्ने योजना रहेको अवगत गराए । कार्यक्रममा सहभागी क्योकुसिनकर्मीहरुले आ–आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close