
पोखरा स्पोर्टस । कास्की जिल्ला तेक्वान्दो संघको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
पोखरामा शनिवार आयोजित एक कार्यक्रमका विच कास्की जिल्ला तेक्वान्दोका निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले सपथ ग्रहण गराउँदै नवनिर्वाचित कार्य समितिलाई पदस्थापन गराएका हुन । संघको गत साउन ३० गते सम्पन्न अधिवेशनले कुमार गुरुङको अध्यक्षतामा नयाँ कार्य समिती निर्वाचित भएको थियो ।



कास्की जिल्ला तेक्वान्दो संघको सम्पन्न बैठकले रिक्त पदमा मनोनित गरेको छ भने सल्लहाकार समिती संगै संघको गतिविधीलाई चलायमान गराउन विभिन्न उपसमिती समेत गठन गर्दै प्रवक्ता समेत तोकेको छ । बैठकले संंघको प्रवक्तामा कास्की जिल्ला तेक्वान्दो संघका सचिव दिपेन्द्र पाहारीलाई मनोनित गरेको छ ।
संघको रिक्त उपाध्यक्षमा बिकास डिसी, सहसचिवमा बोधराज गिरी र कार्यसमिती सदस्यमा मैन बहादुर गर्वुजा, लक्ष्मी गुरुङ, त्रिभुवन बानियाँ गुप्ता र धन बहादुर गुरुङ (सुमन)लाई मनोनयन गरेको छ ।
यसै गरी संघको सल्लाहाकारमा निवर्तमान अध्यक्ष जगन बहादुर गुरुङ, रत्नमान गुरुङ, योगेन्द्र बहादुर बस्नेत, जगन्नाथ ढकाल, निर्मला बराल, सुनिल गुरुङ, इन्द्र गुरुङ (युके), राजु श्रेष्ठ (युके), बल थापा (युके), कृष्ण गुरुङ (हङकङ)लाई मनोनयन गरेको संघले जनाएको छ ।
संघको गतिविधीलाई चलायमान बनाउन तथा पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितलाई मध्येनजर गर्दै विभिन्न उपसमिती गठन गरि जिम्मेवारी बाँडफाँड गरेको छ । जस अनुसार ग्रेडिङ उपासमितीको संयोजकमा बलराम लामा र सहयोसंयोजकमा बिकास डिसी तथा सदस्यहरुमा रेखमाया गुरुङ, कृष्ण महर्जन र निशान कार्की रहेका छन । त्यस्तै निर्णायक उपसमितीको संयोजकमा सुन बहादुर लामा र संयैजकमा वोधराज गिरी र सदस्यहरुमा अरुण माझी, प्रितम कुवंर र मैन बहादुर गर्वुजालाई जिम्मेवारी तोकेको छ ।
बैठकले प्रतियोगिता उपसमितीको संयोजक र सहसंयोजकमा क्रमश कुल चन्द्र शर्मा र किरण गौतमलाई अगाडी बढाएको छ भने सदस्यहरुमा त्रिभुवन वाँनिया गुप्ता, धन बहादुर गुरुङ र बोधराज गिरी मनोनित भएका छन । यसै गरी अनुगमन तथा मुल्याङ्कन उपसमितीको संयोजकमा दिपेन्द्र पाहारी, सह–संयोजकमा कृष्ण महर्जन तथा सदस्यहरुमा रेखा माया गुरुङ, किरण गौतम र बलराम लामा रहेका छन ।
संघले पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि टिम तयारी गर्न किरण गौतमलाई संयाजक तोक्दै जिम्मेवारी दिएको छ । जसको सह–संयोजकमा कुल चन्द्र शर्मा तथा सदस्यहरुमा कृष्ण महर्जन, निशान कार्की र रेख माया गुरुङ रहेका छन । नेपाल तेक्वान्दो संघको आसन्न चौथो तथा गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागि अध्यक्ष कुमार गुरुङलाई प्रतिनिधीको रुपमा तोकेको छ ।
संघको पदस्थापन तथा बैठकमा बोल्दै नवनिर्वाचित अध्यक्ष कुमार गुरुङले कोभिडका कारण ठप्प प्रशिक्षण सुचारु गर्न चुनौतीका रुपमा देखिएको बताउँदै कोभिड विरुद्धको खोप खेलाडीलाई दिन सके प्रशिक्षण सुचारु हुन सहज हुने बताए ।
