नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सघ तनहुँको अध्यक्षमा भट्टराई

‘खेलकुद विकासका लागि विकृती अन्त्य आवश्यक’–अध्यक्ष पुन

पोखरा स्पोर्टस । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सघ गण्डकीले तनहुँमा संघलाई विस्तार गरेको छ । तनहुँमा शुक्रबार सम्पन्न भेलाले काशिनाथ भट्टराईलाई अध्यक्षमा जिम्मेवारी सुम्पिए संगै तनहुँमा समेत संघ विस्तार भएको हो ।

भेलाले समितीको उपाध्यक्ष द्वयमा समशेर बहादुर गैरे र शुक बहादुर गुरुङलाई चयन गरेको छ भने सचिवमा ईश्वर प्र पोख्रेल र कोषाध्यक्षमा भरत बिक रहेका छन । यसै गरी सदस्यमा गणेश थापा, रुपक पन्त, निकेश गुरुङ, होमनाथ भट्टराई, सन्तोष बिक र उमेश पौडेल रहेका छन ।

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सघ गण्डकीका अध्यक्ष विष्णु पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलालाई सम्वोधन गर्दै खेलकुदमा भइरहेको विकृती अन्त्यका लागि जोड दिएका छन । उनले नेपालको मार्शल आर्टस खेलमा छुट्टै पहिचान बोकेको नेपाल केन्पो खुकुरी मार्सल आर्टसले खेलकुदका विकृती विरुद्ध आवाज वुलन्द गर्ने बताउँदै भने–“हामी खेलको विकास संगै खेलकुदको विकासमा तगारो बनेको विकृती विरुद्ध समेत एक ढिक्का भएर अघि बढ्नेछौं ।”

नेपाल केन्पो खुकुरी मार्सल आर्टस संघ गण्डकीका उपाध्यक्ष एवम तनहुँका इन्चर्ज हरिराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा परिषद तनहुँकी अध्यक्ष रिता ढलान, नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सघ कास्कीका उपाध्यक्ष मोहन भट्टराई लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close