कास्की हक्की संघको अध्यक्षमा केसी सर्वसम्मत

पोखरा स्पोर्टस । कास्की जिल्ला हक्की संघको अध्यक्षमा मिलन केसी सर्वसम्मत निर्वाचित भएका छन ।

पोखरामा बुधबार सम्पन्न संघको चौथो अधिवेशनले केसीलाई अध्यक्षमा आगामी तिन वर्षका लागि निर्वाचित गरेको हो । यसै गरी सम्पन्न अधिवेशनले कार्यसमितीमा ३ सदस्य पछि थप गर्ने गरी १० सदस्यिय कार्य समिती समेत सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

संघको कार्यसमितीको प्रथम उपाध्यक्षमा सनमन श्रिमल, द्वितिय उपाध्यक्षमा भरत बराल, सचिवमा वुद्धी खत्री, कोषाध्यक्षमा राजन श्रेष्ठ, निर्वाचित भएका छन । यसै गरी सदस्यमा मनोज शिल्पकार, शान्ती गुरुङ, वुद्ध गुभाजु, सोम बहादुर थापा (सुजन) र नविन गुरुङ (डिवी) निर्वाचित भएको पोखरा स्पोर्टसलाई नवनिर्वाचत सचिव खत्रीले जानकारी दिए ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै कास्की जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तोरण बहादुर बाँनियाले पोखरामा हक्की खेलको सम्भवना भएको बताए । उनले हक्कीको प्रशिक्षणका लागि पोखरा रंगशालामा अस्थायी मैदान निर्माण गरिए पनि स्थायी मैदानका लागि समितीले पहल गर्ने बताए ।

नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काको अध्यक्षतामा सम्पन्न अधिवेशनमा पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर गोदारले समेत पोखरामा हक्की खेलको सम्भावना रहेको र साग खेलमा समेत पदकको सम्भावना रहेको धारणा अघि सार्दै महानगरले उचित ठाउँ प्राप्त भएमा हक्कीको अन्तर्राष्ट्रिय पुर्वाधार निर्माणमा आफ्नो सहयोग रहने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close