पोखरा स्पोर्टस । हक्की खेलका पूर्व राष्ट्रिय खेलाडी हित गुरुङ पोखराको हक्की खेलको विकासका लागि सहयोग जुटाउन लागि परेका छन ।
पोखरा १७ निवासी हित यति बेला कोरियामा श्रम गरिरहेका छन । उनले आफूले कमाएको बाट समेत ५० हजार नगद सहयोगको घोषणा सामाजिक सञ्जालबाट गर्दै सहयोगका लागि सबै संग अपिल समेत गरेका छन । उनले व्यक्तिगत रुपमा पोखरा हक्कीलाई ५० हजार नगद सहयोग गर्दै नवौं राष्ट्रिय खेलकुदको तयारीका भन्दै अन्य खेल प्रेमीहरुलाई समेत सहयोगका लागि आह्वान गरेका छन ।
हितले लेखेका छन:
“पोखरा हक्की क्लबको तर्फबाट र स्वयम् मेरो तर्फबाट सम्पूर्णलाई नमस्कार ! केही समय पछि हुन लागेको नवौँ राष्ट्रिय खेलकुदको लागि केही रकम नेपाली रु. ५०,००० (पचास् हजार) स्वयम् म आफै हित गुरुङ्गले पनि पोखरा हक्की क्लबलाई सहयोग गरेको छु र अन्य दिनहरुमा पनि यस्ता खालका सहयोगहरु गर्दै आईरहेको छु । म पूर्व राष्ट्रिय खेलाडी भएको नाताले खेलकुदलाई गहिराई सम्म बुझेको हुनाले के कस्ता आवश्यकताहरू पर्दछ त्यो मैले राम्रो सँग बुझेको पनि छु । त्यस कारणले अब आउन लागेको नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुदको लागि पोखरा हक्की क्लबलाई ६० वटा हक्की स्टिक, ४० वटा सिनगार्ड, ५००वटा बल ४० जोर जुत्ता, ३० वटा गल्बस, २ गोलकीपर किट आवश्यकता परेको हुदाँ खेलकुद प्रेमीहरुले जुनसुकै ठाउँमा रहेर पनि खेलाडीको पिडा बुझेर सक्दो सहयोग गरिदिनुहुनेछ भन्ने आशा ब्यक्त गरेको छु ।”
२०७७ को भदौमा हुनु पर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कोभिड १९ का कारण एक वर्ष पछि धकेलिएको छ । अर्को तर्फ राष्ट्रिय खेलकुद परिषदले समेत पूर्णता नपाउँदा प्रतियोगिता कहिले हुने भन्ने बारे टुङ्गो समेत लाग्न सकेको छैन । तर राखेपले भने नवौं को आन्तरिक तयारीमा जुटेको जनाइरहेको छ ।