“मुस्ताङ प्रकृतिले नै दिएको स्टेडियम हो”–सांसद विष्ट

पोखरा स्पोर्टस । हिमाल पारीको जिल्ला मुस्ताङबाट गण्डकी प्रदेश सभामा निर्वाचित सांसद हुन इन्द्रधारा विष्ट । आफू सांसद निर्वाचित भए देखि यता उनी मुस्ताङलाई सहाशिक खेलकुदको गन्तव्य बनाउन लागि परेका छन । सहाशिक खेलकुदको गन्तव्य निर्माणका लागि उनले मुुस्ताङमा निजी लगानीमा समेत केही खेल गतिविधी अगाडी बढाए । तर एक्लो प्रयासमा त्यो सम्भव नदेखेर नै उनी यती बेला योजनाका साथ अघि बढेका त छन तर राज्यका झञ्झटिला प्रक्रियाबाट समेत दिक्क छन । स्पष्ट वक्ताका धनी सांसद विष्ट यति बेला समुन्द्री सतहबाट करिव ४ हजार मिटरमा माथी गल्फको केन्द्र बनाउने योजनाका साथ लागि परेका छन । के हुन त सांसद विष्टका योजना ?

“मुस्ताङलाई प्राकितिक रुपमा नै स्टेडियमको रुपमा वरदान दिएको छ” सांसद विष्ट भन्छन–“तर राज्यको लगानी पुग्न सकेन न त प्रचार प्रसार नै हुन सक्यो ।” गण्डकी प्रदेशको पूर्ववती पृथ्वी सुव्वा गुरुङको सरकारले तिन वर्ष लगातार मुस्ताङमा हाइ अल्टिच्यूड ट्र्निङ सेन्टरका लागि वजेट विनियोजन गर्‍ यो ।

तिन तिन वर्ष सम्म पनि विनियोजित बजेटले कुनै मुर्तरुप प्राप्त गर्न सकेन । जग्गा प्राप्तीमा नै समय खेर गयो । त्यसमा पनि सांसद विष्टको आफ्नै दुखेसो छ । “सरकारको जग्गा, सरकारकै लगानी अनि सरकारले निर्माण गर्ने पूर्वाधार ?” उनी प्रति प्रश्न गर्दै भन्छन–“होइन सरकारले लगानी गर्ने ठाउँ अनि त्यही सरकारको जग्गा पनि कसका लागि प्राप्ती गर्ने ?” यस्ता कुराले उनी दिक्क छन राज्यका झञ्झटिला प्रक्रियाका कारण ।

एउटा सानो कामको लागि केन्द्र देखि स्थानियतह सम्मका झञ्झटिला प्रक्रियाहरु यथासक्य छिटो गाँठो फुकाउन पर्नेमा उनी जोड दिंदै भन्छन–“म मन्त्री भएको भए केही दिनमा नै हाइ अल्टिच्यूड ट्रेनिङ निर्माण अघि सार्थे । बरु जेल नै किन जान नपरोस । राम्रो कामको लागि जेल जान पनि आफू लाई कुनै फरक पर्ने पनि थिएन ।”

हिमाल पारीको जिल्ला मुस्ताङ आफ्नै सांस्कृतिक, प्राकृतिक र धार्मिक रुपमा पहिचान वोकेको छ । सांसद विष्ट यि तिन कुरालाई टपक्क टिपेर सहाशिक खेलकुदको गन्तव्य बनाउन लागि परेका हुन । उनी भन्छन–“यहाँ त खासै ठूलो लगानी गर्नु पर्ने पनि होइन केवल इच्छा शक्तीको खाँचो छ ।” उनले मुस्ताङमा केही हाइ अल्टिच्यूडका खेलकुद कार्यक्रम पनि अघि सारे आफ्नै खर्चमा । तर ती कार्यक्रम कार्यक्रम गर्नका लागि मात्रै सिमित भए । तर उनी यति बेला योजनावद्ध रुपमा महत्वकाक्षीं योजनाका साथ अघि बढेका छन गल्फको पूर्वाधार निर्माणका लागि ।

मुस्ताङलाई केन्द्र विन्दु मानेर सहाशिक खेलकुदको गन्तव्य अघि बढाउने हो भने गण्डकी प्रदेशलाई सहाशिक संगै परम्पारगत खेलको विकासमा सहयोग पुग्ने सांसद विष्टको ठम्याई छ । हाइअल्टिच्यूडका एक दर्जन खेल आयोजना गर्न सकिने मुस्ताङ दक्षिण एशियाकै लागि पनि सहाशिक खेलको गन्तव्य वन्न सक्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close