वर्ल्ड हाप्किडो च्याम्पियनशिपका लागि पोखरामा बन्द प्रशिक्षण हुने

पोखरा स्पोर्टस । वर्ल्ड हाप्किडो च्याम्पियनशिपका लागि पोखरामा बन्द प्रशिक्षण हुने भएको छ ।

नेपाल मार्शल आर्टस संघ हाप्किडोको आयोजनामा हुने उक्त बन्द प्रशिक्षण यहि भदौ १२ गते पोखरामा शुरु हुने भएको हो । सो बारे जानकारी दिंदै नेपाल मार्शल आर्टस हाप्किडो गण्डकी प्रदेशकी उपाध्यक्ष एवम प्रदेश खेलकुद परिषद गण्डकीकी कार्यकारी सदस्य तारा थापाले बन्द प्रशिक्षणलाई व्यवस्थित गर्न समिती गठन गरिएको बताइन ।

नेपाल मार्शल आर्टस हाप्किडो गण्डकी प्रदेशका सदस्य समेत रहेका खेम बहादुर गुरुङको अध्यक्षतामा गठित व्यवस्थापन समितीमा कास्कीका अध्यक्ष रविन गुरुङ, उपाध्यक्ष शितल अधिकारी, कोषाध्यक्ष पवी गुरुङ, पोखरा महानगर हाप्किडोका अध्यक्ष धनराज गुरुङ र सदस्य चन्द्र कुमारी पराजुली रहेका छन ।

आगामी कार्तिक ५ देखि ७ गते रसियामा आयोजना हुने वर्ल्ड हाप्किडो च्याम्पियनशिपमा नेपालका विभिन्न तौल २० खेलाडीको सहभागिता हुने छ । वन्द प्रशिक्षणका लागि नेपाल मार्शल आर्टस संघ हाप्किडोका केन्द्रिय अध्यक्ष काली बहादुर घर्ती मगर सहित मुख्य प्रशिक्षक शुष्मिता गुरुङ पोखरा आउने कार्यक्रम तय भएको उपाध्यक्ष मगरले पोखरा स्पोर्टसलाई जानकारी दिइन ।

बन्द प्रशिक्षण पोखरा रंगशालामा एक महिना सञ्चालन हुने केन्द्रिय अध्यक्ष घर्ती मगरले बताए । सन २०२२ मा उक्त च्याम्पियनशिप नेपालमा गर्ने तयारी भइरहेको समेत उनले बताएका छन ।

नेपालमा मार्शल आर्टस खेल मध्ये हाप्किडो खेल यति बेला लोकप्रिय खेलको रुपमा विकास भइरहेको छ । नेपालमा करिव ३५/३६ हजार हाप्किडोका खेलाडी छन भने ६ सय हाराहारीमा प्रशिक्षकहरु रहेका छन । नेपालमा सन २०२२ सम्ममा नेपालमा १ लाख हाप्किडो खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको संघले जनाएको छ । यस संगै यो खेललाई नवौ राष्ट्रिय खेलकुद र १४ औं दक्षिण एसियाली खेलकुद सागमा समेत समावेश गराउन पहल भइरहेको केन्द्रिय अध्यक्ष घर्ती मगरले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close