वादोरियो कराते संघद्वारा राहत वितरण

पोखरा स्पोर्टस । नेपाल वादोरियो कराते डो संघले कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यमा परेका प्रशिक्षक तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीलाई शनिबार राहत वितरण गरेको छ । संघले समस्यमा परेकालाई नगद, खाद्यान्न र स्वास्थ्य सामाग्री राहत स्वरुप वितरण गरेको हो ।

वादोरियो कराते संघले ३ लाख ५० हजार बराबरको सहयोग वितरण गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ । त्यसमा संघका पदाधिकारीबाट ७५ हजार ५ सय र बाँकी रकम २ लाख ७४ हजार ५ सय वादोरियो कराते संघका प्रमुख प्रशिक्षक समेत रहेका अध्यक्ष हरिशरण केसीले व्यक्तिगत रुपमा प्रायोजन गरेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक सहयोगमा कम्तीमा ५ हजारदेखि बढीमा ७० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइएको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, अध्यक्ष केसीलगायतले सम्बन्धितलाई एक कार्यक्रमका बीच राहत प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close