
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले प्रधानमन्त्री शेर बहादुर देउवालाई कर्मचारीका हकहितका कुरालाई समेटर ज्ञापन–पत्र बुझाएको छ ।


शुक्रबार बालुवाटरमा संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधी मण्डलले खेलकुद परिषद र खेल क्षेत्रमा रहेको विभिन्न बिकृती र विसंगती तथा कर्मचारीका हकहितका बिषयलाई समेटेर परिषदका संरक्षक समेत रहेका प्रधानमन्त्री समक्ष ज्ञापन–पत्र बुझाएको हो ।
ज्ञापन–पत्रमा लामो समय देखि बढुवा नभएको, करार ब्यवस्थापन गर्नुपर्ने, स्थाई प्रकृया थाल्नु पर्ने, कर्मचारीहरुलाई प्रदेशमा समायोजन नगरी काजमा खटाईएकोमा समायोजन गर्नुपर्ने, उपदान रकम १५ प्रतिशत कट्टा गरिएकोमा निजामती कर्मचारी सरहनै ५ प्रतिशत मात्रै कट्टा गर्नुपर्ने र निजामती कर्मचारी सरहनै सेवा तथा सुविधा प्राप्त गर्नुपर्ने लगायतका माग यथासक्य छिटो कार्यान्वयनमा ल्याउन पहल गर्नका लागि प्रधानमन्त्रीलाई वुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
