
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीका नवनियुक्त उपाध्यक्ष धोज कुमार गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् ।



प्रदेश सरकारले गत साउन २५ गते गुरुङलाई उपाध्यक्षमा नियुक्त गरेको थियो । स्याङजा वालिङ नगर पालिका वडा नं १२ सिर्सेकोट कोखे घर भई हाल पोखरा १० मा बसोवास गर्दै आइरहेका उी कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष समेत रहेका छन् भने सोसल पव्लिक स्कुलका संस्थापक समेत हुन् ।
नेपाल राष्ट्रिय ह्याण्डबल टोलीका सदस्य समेत रहेका धोजले पश्चिमाञ्चलको ह्याण्डबल टोलीका कप्तानी समेत सम्हालेका थिए । उनकै कप्तानीमा पाँचौ राष्ट्रिय खेलकूदमा पश्चिमाञ्चलबाट पुरुषतर्फ स्वर्ण पदक समेत जितेको थियो । यस अघि धोज कुमारले गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्राी राजिव गुरुङको सल्लाहाकारमा रहेर कार्य गरेका थिए ।
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित शपथ ग्रहण कार्यक्रममा पत्रकारहरु संग सक्षिप्त कुराकानी गर्दै प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका मन्त्री राजिव गुरुङले खेलकुदको विकासका लागि आफूले सोचे जस्तो बजेट प्राप्त गर्न नसकेको बताए । यूवा तथा खेलकुद मन्त्रालयलाई कमजोर र सानो मन्त्रालयको रुपमा वुझाई रहेकोले पनि सोचे जस्तो बजेट प्राप्त हुन नसकेको बताउँदै उनले भने–“पहिलो पटक मन्त्रालय सम्हाल्दा ८÷१० करोड मात्रै थियो, चालु आर्थिक वर्षमा २९ करोडमा पुर्याइयो” उनले प्रश्न गर्दै भने–“त्यती वजेटले प्रदेशको खेलकुद कसरी अगाडी वढ्न सक्थयो र ?
मन्त्रालय अन्तर्गतका धेरै कार्यक्रम र सिमित बजेटले काम गर्न नसक्ने भए पछि मुख्य मन्त्री संग छलफल गरेर चालु आर्थिक वर्षमा थप १८ करोड बढाउन आफू सफल भएको उनले बताए । मन्त्रालयमा प्राप्त ५७ करोड बजेटलाई सदुपयोग गर्दै यूवा स्वरोजगार र खेलकुद विकास कार्यक्रमहरु अघि बढाउने मात्रै नभई सबै बजेटहरु पारदर्शी रुपमा खर्च गरिने उनको भनाई थियो ।
केही मन्त्रालयमा काम नै नभएर बजेट फ्रिज हुने अवस्था रहेको उल्लेख गर्दै मन्त्री गुरुङले ति मन्त्रालयमा फ्रिज हुने बजेट यूवा तथा खेलकुद मन्त्रालयमा पठाए खेलकुद र यूवा स्वरोजगारको क्षेत्रमा महत्वपूर्ण कामहरु सम्पन्न हुने सक्ने बताए । युवा तथा खेलकुद मन्त्रालयले वाटर स्पोर्टस, क्यानोनिङ र आइस क्लाइम्विङ जस्ता सहाशिक खेलकुद कार्यक्रमहरु तथा त्यसको पूर्वाधार निर्माण गर्ने तर्फ सोच बनाएको उनले बताए । पोखरा रंगशालामा वहुवर्षिय योजना अन्तर्गत मार्शल आर्टस विल्डिङ निर्माण गरिने बताउँदै नवौं राष्ट्रिय खेलकुदका लागि जे जस्तो ठाउँ उपलव्ध छ अहिले त्यसैमा आफ्नो प्रशिक्षण जारी राख्न खेलाडीहरुलाई आग्रह गरे ।
कार्यक्रममा मन्त्री गुरुङ प्रदेश खेलकुद परिषदको वेव साइट समेत शुभारम्भ गरेका थिए ।
कायक्रममा यूवा तथा खेलकुद मन्त्रालयका सचिव विनोद बहादुर कुँवरले नवनियुक्त उपाध्यक्ष गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सवै संग समन्वय गरेर अगाडी बढेमा खेलकुद विकासले गति लिने बताए ।
सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ यूवा तथा खेलकुद मन्त्रालयका महशाखा प्रमुख तेज प्रसाद काफ्ले लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
