
पोखरा स्पोर्टस । राष्ट्रिय फुटबल टोली यति बेला पोखरामा बन्द प्रशिक्षणमा रहेको छ । यहि साउन २६ गते पोखरा आएको राष्ट्रिय टोलीले २८ गतेबाट पोखरा रंगशालामा प्रशिक्षण गर्न थालेको हो ।

दक्षिण एशियाली फुटबल महासंघले आयोजनागर्ने दक्षिण एशियाकै सर्वोच्च फुटबल प्रतियोगिता साफ फुटबल च्याम्पियनशिप र एसियन कपका लागि पोखरामा बन्द प्रशिक्षण राखिएको हो । साफ फुटबल च्याम्पियनशिप र एसियन कपको खेलाडीमो अन्तिम छनोट पोखरा बाटै गरिने एन्फाले जनाएको छ । करिव २० दिनको बन्द प्रशिक्षणको लागि पोखरा आएको ३७ सदस्यिय टोलीलाई विदेशी प्रशिक्षक अब्दुल्हा अलमुताइरीले प्रशिक्षण दिइरहेका छन ।
“छानविन नसकिए सम्म अलमुताइरीले प्रशिक्षण गराउन हुँदैन्थ्यो”–एन्फा केन्द्रिय सदस्य राई
यता हालै प्रवक्ता पद बाट राजिनामा दिएका एन्फा केन्द्रिय सदस्य किरण राईले छानविन नसकिए सम्म प्रशिक्षक अलमुताइरीले प्रशिक्षण गराउन नहुने जिकिर गरेका छन । उनले भने–“मेरो प्रवक्ता बाट राजिनामा दिनुको पछाडी यो पनि एउटा कारण थियो ।” “हामी आफैले समस्या समाधान गर्न सक्थ्यौं तर मन्त्रालयमा छानविनका लागि पठायौं, एन्फा भित्र आफ्नै छानविन समिती छ तर त्यसलाई वास्ता गरिएन” उनले थपे–“एन्फा भित्र वढ्दै गएका विकृती विरुद्ध वोल्नका लागि पनि प्रवक्ताबाट राजिनामा दिएको थिए । राजिनामाको पछाडी एक जना प्रशिक्षक अलमुताइरीको मात्रै विषय थिएन ।” उनले प्रशिक्षण गराउन नहुने विषय आफ्नो नितान्त व्यक्तिगत धारणा रहेको उल्लेख गर्दै भने–“यो विषय एन्फा र छानविन गरिरहेको निकायले नै सोच्ने विषय हो ।”
मुख्य प्रशिक्षक अलमुताइरीको नेतृत्वमा रहेको टोलीमा किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, विशाल सुनार, रजिन धिमाल, सुमन अर्याल, रन्दीप पौडेल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजिव लोप्चन, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सन्जोक राई, विक्रम लामा, सुजल श्रेष्ठ, त्रिदेव गुरुङ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, भरत खवास, अभिषेक रिजाल, सेसेहाङ् आङ्देम्बे, शिशिर लेखी रहेका छन ।
तस्विर सर्वाधिकार : सुदर्शन रञ्जित/केशव पाठक
