एन्फा विवाद छानविन : एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने–‘अनुशासन तोडेर गलत नजिर बसालिदैं छ’

पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पकञ्ज विक्रम नेम्वाङले एन्फा भित्र अनुशासन तोडेर गलत नजिर बसाल्न खोजिएको आरोप लगाएका छन ।

एन्फा भित्र भएको विवाद छानविनको क्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा गठित छानविन समितीलाई आफ्नो बयान दिने क्रममा आफूले समितीलाई यहि कुरा स्पष्ट संग राखेको बताएका हुन । समितीले आज वरिष्ठ उपाध्यक्ष नेम्वाङ सहित ६ जनालाई बयानका लागि बोलाएको थियो ।

छानविन समितीले आफूलाई बयानका क्रममा सोधिएको प्रश्नहरुका वारेमा जवाफ दिएको भनाई उद्धृत गर्दै भने–“सबै आ–आफ्नो मर्यादामा बसेर काम गरेको भए यस्तो विवाद आउने नै थिएन तर यहाँ अनुशासन तोडियो,” उनले थपे–“अनुशासन तोड्नेलाई कार्वाही गर्नु पर्ने ठाउँमा उल्टै चोख्याएर गलत नजिर बसाल्न खोजिदैंछ ।” प्रशिक्षक अलमुताइरी संग भएको विवादका विषयमा सोधिएको प्रश्नमा उनले भने–“प्रशिक्षकले अनशासन तोड्नु सुनोयोजित थियो र यो षडयन्त्र सबै निर्वाचन केन्द्रित नै हो ।”

विवाद समाधानका लागि एन्फाले किन राखेपलाई अनुरोध नगरी मन्त्रालयमा छानविनका लागि पठाइयो भन्ने प्रश्नको जवाफमा वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने–“हामीले यसलाई वैठक बाटै आन्तरिक रुपमा हल गरौं भनेका थियौं । तर प्रशिक्षक अलमुताइरीको माग अनुसार नै मन्त्रालयमा पठाइयो । एन्फा संस्थागत रुपमा समस्या समाधान गर्न चुक्यो ।” उनले समितीलाई आफूले व्यक्तिगत रुपमा जति वदनाम सहे पनि जति गाली गलौज सहे पनि खासै फरक नर्पने भनाई राखेको बताउँदै भने–“तर यि सबै कुराहरुले नेपाली फुटबल विकासलाई आघात पर्ने किसिमको हुन नहुने मैले समितीलाई स्पष्ट संग राखेको छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close