
पोखरा स्पोर्टस । दक्षिण एशियाली राष्ट्रहरु विचको फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप मालदिभ्समा हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले अक्टोबरको १–१३ मा हुने माल्दिभ्समा गर्ने निर्णय गरेको हो । साफ च्याम्पियनसिपका नेपाल सहित मालदिभ्सले दावेदारी पेस गरेका थिए ।
साफको वैठकबारे जानकारी दिंदै अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिवले भने–“अहिले मालदिभ्सिमा कोभिड १९ महामारी समेत नियन्त्रणमा रहेको र मालदिभ्सले लामो समय देखि प्रतियोगिता आयोजना समेत नगरेको हुनाले वैठकले मालदिभ्सलाई छनोट गरेको छ ।”
मालदिभ्समा सन २००८ यता साफ च्याम्पियनशिप भएको छैन । सन २००८ मा भएको प्रतियोगिता समेत श्रीलंका र मालदिभ्सले संयुक्त रुपमा आयोजना गरेका थिए । अक्टोवरमा हुने साफ च्याम्पियशिपका लागि नेपाल सहित भारत, वंगालादेश, मालदिभ्स र श्रीलंकाले सहभागिता जनाउने तय भइसकेको छ । भुटानले तिन दिन पछि आफ्नो सहभागिता वारे जानकारी दिने भएको छ ।
हरेक दुई वर्षमा आयोजना हुने साफ च्याम्पियनशिप नेपालले सन १९९७ र २०१३ मा गरी दुई पटक आयोजना गरिसकेको छ । सन २०१३ मा भएको साफ च्याम्पियनशिपमा नेपाल अफगानिस्तान संग सेमिफाइनलमा पराजित भएको थियो । हाल सम्म भारतले सात पटक उपाधी हात उचालेको छ ।
