शारिरिक सुगठनका उत्सवलाई भोट गर्ने समय भोली विहान शुक्रबार सकिने

पोखरा स्पोर्टस । अमेरिकाको शारिरिक सुगठनको एक प्रख्यात ‘मशल एण्ड फिटनेश म्याग्जिन’को प्रतिष्पर्धामा रहेका नेपाली खेलाडी उत्सव सिंहलाई भोट गर्ने अन्मि समय करिव करिव समापन हुँदैछ ।

नेपाली समय अनुसार उत्सवलाई भोली अर्थात शुक्रबार विहान ७ः३० सम्म भोटिङ गर्न पाइने भएको हो । आफू ६ वर्षको उमेर बाटै शारिरिक सुगठनमा खेलमा आर्कषित उत्सव उक्त प्रतियोगितामा सहभागी हुने अहिले सम्मकै एक्लो नेपाली खेलाडी हुन । अमेरिकामा बसेर अध्ययन संगै खेल जिवन अघि बढाएका उत्सवले सन २०१९ मा मेरिल्याण्ड राज्यमा सम्पन्न ‘क्यापिटल प्रिक्स’ प्रतियोगितामा आफ्नो तौल सुमहमा पहिलो पटक स्वर्ण पदक जित्दै अमेरिकामा शारिरिक सुगठनमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी हुन ।

यसै गरी यहि वर्षको जुलाईमा अमेरिकाको टेक्ससमा सम्पन्न ‘मिष्टर यूएसए नेशनल प्रो क्वालिफायर’मा उत्सवले दुई स्वर्ण हात पार्दै सनसनी मच्चाएका थिए । उनी अमेरिकमा प्रो एथलेटको उपाधी हात पार्दै व्यवसायिक खेलाडी बन्न पुगे भने प्रो कार्ड समेत हात पारे । अमेरिकामा शारिरिक सुगठनमा प्रो कार्ड हात पार्ने उत्सव पहिलो नेपाली खेलाडी समेत हुन ।

उत्सवले उक्त प्रतियोगितामा जित हासिल गरे भने उनको ‘मशल एण्ड फिटनेश म्याग्जिन’ को कभरमा तस्विर प्रकाशित हुनेछ भने नगद २० हजार अमेरिकी डलर हात पार्ने छन । उनले उक्त प्रतियोगितामा जितेको रकम नेपालमा शारिरिक सुगठन खेलको विकास संगै विश्व महामारीका रुपमा फैलिएको कोभिडका कारण नेपालमा समस्यमा रहेका वृद्धाश्रम र वालबालिको हितमा खर्च गर्ने घोषणा गरेका छन ।

उत्सवलाई भोट गर्न तल दिइएको लिंकमा क्लिक गरी भोट गर्न सकिनेछ :
https://featured.muscleandfitness.com/2021/utsav-sing?fbclid=IwAR15LaGVNbE4svk6v71gCjZd-JaaA0W-9n9OBEaDk1WUzB53r91kSTSrAiM

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close