तेक्वन्दोकर्मी सिद्धार्थले एन.आर.एन.ए जापानको महासचिवमा जित हासिल

पोखरा स्पोर्टस । तेक्वान्दोकर्मी सिद्धार्थ श्रेष्ठले गैर आवाशिय नेपाली संघ जापानको महासचिव पदमा जित हासिल गरेका छन ।

एन.आर.एन.ए जापानको आज सम्पन्न निर्वाचनमा सिद्धार्थले जित हासिल गरेका हुन । प्रत्येक दुई वर्षमा हुने निर्वाचनमा अध्यक्ष पदमा शिव प्रसाद पौडेलको प्यानल बाट उनले जित हासिल गरेका हुन ।

उक्त निर्वाचनमा अध्यक्ष पदमा पौडेल सहित पदाधिकारी सहित महत्वपूर्ण पदहरुमा वामपन्थी शक्ती विजयी भएको जनाइएको छ । उपाध्यक्षमा राज कुमार अधिकारी र आइसिसी सदस्यमा रोबिन प्रसाद शेरचन विजयी भएको जापानमा रहेका वरिष्ठ संगितकर्मी इश्वर गुरुङले पोखरा स्पोर्टसलाई बताए ।

नमस्ते व्याण्डका संस्थापक समेत रहेका गुरुङले यो निर्वाचनले अव जापानबाट आइसिसी अध्यक्षमा पुग्न सक्ने दक्ष उम्मेदवार विजयी भएको बताए । उनले भने–“हामी त गैर आवाशिय नेपाली संघमा राम्रो र शसक्त उम्मेदवारले जितोस भन्ने थियो । हामी त्यही अनुसार लाग्यौं अनि जित पनि हासिल ग–यौं ।”

महासचिव पदमा विजयी शिद्धार्थ बागलुङका हुन । उनी तेक्वान्दोका चौथो डान समेत हुन भने नेपालमा हुँदा धेरै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन । १३ वर्ष अघि जापान पुगेका श्रेष्ठ यस अघि एनआरएनए जापानको प्रवक्ता समेत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close