राखेप अन्तर्गतका कर्मचारीहरु प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुदमा खटिए

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले तत्कालिन क्षेत्रिय खेलकुद र जिल्ला खेलकुदमा कार्यरत कर्मचारीहरुलाई प्रदेश खेलकुद परिषद र परिषद अन्तर्गत गठन भएका जिल्ला खेलकुद विकास समितीको कार्यालयमा खटाएको छ ।

राखेपले प्रदेश खेलकुद परिषद गण्डकीलाई पत्राचार गर्दै तत्कालिन पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको कार्यालय र जिल्ला खेलकुदमा कार्यरत कर्मचारीहरुलाई अर्को व्यवस्था नभए सम्मका लागि काजमा पठाएको जानकारी दिएको हो । राखेपको मिति २०७८ असार २७ गतेको कार्यकारी समितीको बैठकको निर्णय अनुसार कर्मचारीहरुलाई काजमा पठाइएको पत्रमा उल्लेख गरिएको छ ।

हाल खेलकुद विकास ऐन २०४८ खारेज भइ खेलकुद विकास ऐन २०७७ लागु भएको जनाउँदै खेलकुदको नियमावली समेत स्विकृत नभइसकेकोले परिषदलाई थप आर्थिक व्यभार तथा परिषदको कामकाजमा वाधा नपर्ने गरी कर्मचारीहरुलाई काजमा पठाएको पत्रमा जनाइएको छ ।

हाल गण्डकी प्रदेश अन्तर्गत पश्चिमाञ्चल क्षेत्रिय खेलकुद र प्रदेशका ११ जिल्ला खेलकुद विकास समितीमा प्रशासनिक कर्मचारी र विभिन्न खेलकुदका प्रशिक्षक गरी ३५ जना कर्मचारी कार्यरत रहेका छन । जिल्ला खेलकुद विकास समिती लमजुङमा भने त्यहाँ कार्यरत कार्यालय प्रमुख हालै अवकास पछि दरवन्दी रिक्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close