
पोखरा स्पोर्टस । अमेरिकामा एक नेपाली यूवाले सारिरिक सुगठन प्रतियोगितामा सनसनीपूर्ण जित हासिल गरेका छन ।
अमेरिका टेक्सस स्थित उलेन शहरमा आयोजित शारिरिक सुगठन प्रतियोगितामा पहिलो पटक नेपाली यूवाले सनसनीपूर्ण जित दर्ता गर्दै आफ्नो नाउँमा दुई स्वर्ण लेखाएका हुन । दुई स्वर्ण जित्ने नेपाली यूवा हुन बुटवलका उत्सव सिंह । अध्ययनका लागि अमेरिका पुगेका उनी खेल क्षेत्रमा आर्कषित हुँदै शारिरिक सुगठन खेलमा आफूलाई अव्वल मात्रै बनाएका छैनन पुरुष तर्फ फिजिक क्याटोगरी र नोभिस क्याटोगरी गरी दुवै तर्फ स्वर्ण हात पारेका छन ।
नेपाल टेनिस संघका उपाध्यक्ष तथा कास्की जिल्ला टेनिस संघका निवर्तमान अध्यक्ष बिनोद कायस्थका उनी भान्जा समेत हुन । पोखरामा सफल व्यवसायी समेत रहेका कायस्थले आफ्नो भान्जाले विदेशी भूमिमा दुई स्वर्ण हात पारेकोमा हर्षित भएको बताए । “यो जित सबै नेपाली युवाहरुको हो–“उनले भने–“विदेशमा अध्ययन संगै खेलतर्फ समेत जित हासिल गर्दै राष्ट्रिय झण्डा फहराउन सकिन्छ भन्ने सन्देशले सबैलाई उत्साहित बनाएको छ ।”
शारिरिक सुगठन खेलमा ७५ केजी तौलमा नेपालमा हुँदा नै ३४ वर्षिय सिंहले धेरै प्रतियोगितामा सहभागीता जनाएको अनुभवलाई अमेरिकामा समेत दो–हाएको बताए । यति बेला उनको जितले शारिरिक सुगठनको अमेरिकाबाट प्रकाशित हुने म्याग्जिन हेल्थ एण्ड फिटनेसको कभर पेजमा आउन लगभग तय भएको उपाध्यक्ष कायस्थले जनाएका छन । “कभर पेजमा आउन भोटिङको आवश्यक्ता पर्छ” उनले भने–“अहिले उनले सवै संग भोटिङको अपिल गरिरहेका छन, हामी नेपालबाट समेत उनलाई भोटिङ गरेर साथ दिन सक्छौं ।” यदि सिंहले त्यो अवसर पाएमा २० हजार डलर प्राप्त गर्न सफल हुने कायस्थले पोखरा स्पोर्टसलाई बताए ।
उत्सवलाई जिताउन तलको भिडियोमा दिइएको लिंकमा हेर्न सकिन्छ ।
https://www.facebook.com/bijay.chaudhary.9465/posts/4389357761122857
