गोर्खा क्लासिकले पोखरामा ‘वोमेन्स पावरलिफ्टिङ च्याम्पियनसिप २०२२’ आयोजना गर्ने

पोखरा स्पोर्टस । गोर्खा क्लासिक पोखराले यही कार्तिक ५ र ६ गते पोखरा रंगशालामा आयोजना गर्ने भएको छ ।

वोमेन्स पावरलिफ्टिङ च्याम्पियन्सिप २०२२ को आयोजना गर्न संस्थाले प्रारम्भिक अन्तक्रिया एबं पूर्बतयारी छलफल सम्पन्न समेत गरेको हो । संस्थाका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको पूर्बतयारी छलफलमा, संस्थाका पोखरेली सल्लाहकार, मिडिया पार्टनर लगायतका प्रतिनिधि सदस्यहरुका बीचमा तयारीका बिबिध बिषयहरुमा प्रारम्भिक छलफल भएको छ ।

 

यसअधि सेप्टेम्बर २८, २०१९ मा पोखरा सभागृहमा वोमेन्स बिकिनी एन्ड फिजिक च्याम्पियनसिप आयोजना सफलतापूर्बक सम्पन्न गरीसकेको गोर्खा क्लासिक पोखराले यसबर्ष भने शारीरिक सुगठन बिधाकै ६० केजी. र ६० केजी. माथि तौलको भरोत्तोलन प्रतियोगिता गर्ने जनाएको छ ।

खेलकुद नगरी पोखराको खेल जगतमा नया उचाई थप्ने अभिप्रायका साथ अगाडि बढीरहेको शारीरिक सुगठन खेल सम्बद्ध संस्था गोर्खा क्लासिक पोखराले  पावरलिफ्टिङ  प्रतियोगितामा ६० केजी भन्दा माथिको र ६० केजी भन्दा मुनीको बिधामा बिधागत रुपमा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन । साथै शीर्ष प्रतियोगिता पुरस्कार जित्न सफल खेलाडीले नगद रु ८० हजारका साथमा मेडल, प्रमाणपत्र र गोर्खा क्लासिक बेल्ट प्राप्त गर्ने बताईएको छ ।

पोखरेलीमाझ छुट्टै खेलको पहिचान बनाउन सफल गोर्खा क्लासिक पोखराको यस प्रतियोगितामा आइडिया फोर वर्ड युके नामक कम्पनीले शीर्ष बिधागत पुरस्कार रु ८ हजार , युके नेपाल इन्टरनेश्लल फेडरेसन बडिबिल्डिङ लिग युके, गोर्खा वाच युके, तोल्का भिलेज रिसोर्ट, मेरी कफी, ढोरबाराही ज्वेलर्स लगायतका संघसंस्था एबं कम्पनीहरुले प्रायोजन गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close