नयाँ व्यवस्थापनमा शुरु भयो पासाङ ल्हामु वाल क्लाइम्विङ्ग सेन्टर

पोखरा स्पोर्टस । काठमाडौं धुम्वाराही स्थित पासाङ ल्हामु वाल क्लाइम्विङ्ग सेन्टर पुर्न व्यवस्थापन सहित आज बाट पुनः शुरु भएको छ ।

सहाशिक खेलकुदका रुपमा परिचति वाल क्लाइम्विङको यूवाहरुमा आकर्षण बढ्न थाले पछि पुर्न व्यवस्थापनमा शुरु गरिएको हो । पछिल्लो समय विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण ठप्प रहेको खेलकुद गतिविधी वाल क्लाइम्विङको सञ्चालनले युवाहरुलाई खेलतर्फ आर्कषण गर्न सक्ने सञ्चालकहरुले जनाएका छन ।

उक्त सेन्टरको बागमती प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले एक कार्यक्रमा विच शुभारम्भ गरेका छन । प्रदेश सांसद निमा लामा लगायतको सहभागिता रहेको शुभारम्भ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा नेपाल पर्वतिय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले वाल क्लाइम्विङ खेलको महत्व बारे प्रकाश पारेका थिए ।

उक्त सेन्टरको व्यवस्थापनको जिम्मा आरोही तथा पर्वतिय खेलकुद महासंघकी सदस्य माया गुरुङले लिएकी छन । राजधानीको मुटुमा सञ्चालनमा रहेको उक्त सेन्टरमा वाल क्लाइम्विङको प्रशिक्षण तथा प्रतियोगिताका लागि उपयूक्त रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close