ट्राईयाथलन संघ द्वारा अध्यक्ष श्रेष्ठलाई शुभकामना सहित बिदाई

पोखरा स्पोर्टस । नेपाल ट्राईयाथलन संघले जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२० मा सहभागि हुन जान लागेका संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव  निलेन्द्र राज श्रेष्ठलाई अनलाईन बैठक मार्फत सफलताको शुभकामना सहित बिदाई गरेको छ ।

अध्यक्षलाई बिदाई गर्दै संघका महासचिव युवराज सुनुवार सहित संघका कोषाध्यक्ष, सदस्य, प्रशिक्षक, निर्णायकहरुले टोकियो ओलम्पिकमा सहभागी हुने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अन्य पदाधिकारी तथा सदस्यहरुलाई सफलताको शुभकामना प्रदान गर्दै अध्यक्ष श्रेष्ठलाई त्यहाँ रहँदा नेपालमा ट्राईयाथलन खेलको विकास र विस्तारका लागि अझ बढि कार्यक्रमहरु ल्याउन पहल गर्न र त्यसको सफलताको लागि शुभकामना ब्यक्त गरेको हो ।

बैठकमा बोल्दै संघका अध्यक्ष श्रेष्ठले टोकियो ओलम्पिकका क्रममा ट्राईयाथलनले सन् २०२८ मा आयोजना हुने ओलम्पिकका लागि लक्ष्यका साथ विभिन्न योजनाहरुको लागि पहिल र प्रयास गर्ने बताए । ट्राईयाथलन संघ एक विवाद रहित संघ रहेको र यसको विकासमा यस संग सम्वन्धित सवै एकै परिवार भएर अगाडी बढेका कारणनै संघ मजुवत भएको बताउँदै उनले भने–“निकै छोटो समयमै प्राविधिक दक्ष जनशक्ति तयार गर्नुका साथै दक्षिण एशियाली खेलकुदमा स्वर्ण हात पार्न सफल भएको तथा एशियन कप जस्तो ठुलो प्रतियोगिता गर्न सक्षम भएका छौं ।” नेपाली प्राविधिकहरुको उच्च मनोवल र कार्य गर्ने शैली प्रति अन्तराष्ट्रिय संस्थाहरु समेत प्रभावित भएको तथा बिदेशमा पनि नेपाली प्राविधिकहरुको चर्चा उत्तिकै रहेको उनको भनाई थियो ।

अध्यक्ष श्रेष्ठ सोमबार जापान तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close