नेपाल इक्वेस्ट्रियन संघले एशियन इक्वेस्ट्रियन फेडरेशनको पायो सदस्यता

पोखरा स्पोर्टस । नेपाल इक्वेस्ट्रियन एसोसिएसन (नेपाल घोडचढी संघ)ले एशियन इक्वेस्ट्रियन फेडरेशन (एईएफ)को अस्थायी सदस्यता प्राप्त गरेको छ ।

एसियाका क्रियाशील २८ देश सम्मिलित एशियन इक्वेस्टेरियन फेडरेशनको साधारण सभाले नेपाल इक्वेस्ट्रियन संघलाई अस्थायी सदस्यता दिने निर्णय गरेको हो । भर्चुअल माध्यम बाट भएको उक्त साधारणसभाको एजेन्डा १५.१ अनुसार नेपाललाई सदस्यता दिने निर्णय भएको संघका अध्यक्ष रविराज कर्णिकारले जनाएका छन ।

नेपाल सहित दक्षिण एसियाली अर्को देश श्रीलंकाले समेत सदस्यता प्रदान गरेकोे छ ।

स्मरण रहोस् गत नोभेम्बरमा अन्तर्राष्ट्रिय इक्वेस्ट्रियन फेडरेशन (एफआईआई)को महासभाले नेपाल इक्वेस्ट्रियन एसोसियसनलाई अस्थायी सदस्यको रूपमा अनुमोदन र मान्यता दिइसकेको छ । एसियन र अन्तर्राष्ट्रिय फेडरेशनका प्रतिनिधिले नेपाल भ्रमणपछि नेपाललाई पूर्ण सदस्यको रूपमा मान्यता दिइने जानकारी गराईएको अध्यक्ष कर्णिकारले बताए । कोभिड १९ को महामारीवाट संसारले मुक्ति पाउने वित्तिकै अन्तर्राष्ट्रिय र एसियन फेडरेशनका प्रतिनिधि नेपाल भ्रमणमा आउने अध्यक्ष कर्णिकारले जनाए ।

हालै यस संघलाई अन्तर्राष्ट्रिय ‘टेन्ट पेगिंग’ महासंघ (आईटीपीएफ) को पूर्ण–सदस्यको रूपमा अनुमोदन र स्वीकृत गरिएको समेत अध्यक्ष कर्णिकारले जानकारी गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close