ओलम्पिकमा लैङ्गिक समानता विशेष प्राथमिकतामा, गौरिका र शाहले नेपाली झण्डा बोक्ने

पोखरा स्पोर्टस । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकमा लैङ्गिक समानतालाई विशेष प्राथिमिकता दिइने भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले लैङ्गिक समानतालाई विशेष प्राथिमिकता दिइने बताएको हो । ओलम्पिक अन्तर्गत हुने विशेष समारोह, मार्च पास लगायतका कार्यक्रमहरुमा लैङ्गिक समानतालाई जोड दिइएको नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठले बताए । उनले भने–“आइओसीले यस पटक लैङ्गिक समानता प्राथमिकता दिएको छ, जसको झल्को मार्च पासबाट शुरु हुनेछ र हरेक ओलम्पिक अन्तर्गतका गतिविधीमा देख्न पाइनेछ ।”

नेपालबाट सहभागी हुने खेलाडीहरु मध्ये पौडीकी गौरिका सिंहले नेपाल राष्ट्रिय झण्डाका बोकेर मार्च पासको नेपाली टोलीको नेतृत्व गर्ने एनओसीले जानकारी दिए पनि अब पुरुष खेलाडीको तर्फबाट एलेक्जाण्डर ग्याडिमाड शाहले समेत गौरिकालाई साथ दिने महासचिव श्रेष्ठले बताए । नेपालबाट सहभागी हुने ५ जना खेलाडी मध्ये ४ महिला र १ पुरुष रहेका छन ।

एनओसीले यही जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको राजधानी टोकियोमा आयोजना हुने ३२ औं संस्करणको गृष्मकालिन ओलम्पिकमा जाने खेलाडी सहितको २६ जनाको सूची सार्वजनिक गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close