एनओसी उपाध्यक्ष तथा प्रखेप गण्डकीका सदस्य सचिव गुरुङ ओलम्पिकमा नजाने

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)का उपाध्यक्ष तेज बहादुर गुरुङ आसन्न ओलम्पिकमा नजाने भएका छन ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिब समेत रहेका गुरुङले आफ्नो कार्य व्यस्तताका कारण ओलम्पिकमा आफ्नो सहभागिता नहुने बताएका हुन । उनले भनेका छन–“यति बेला प्रदेश खेलकुदमा मेरो निकै नै व्यस्तता छ, कार्यालय तथा कर्मचारीको व्यवस्थापन देखि निर्माणको कामलाई पूर्णता दिनु पनि छ, म यति बेला वैदेशिक यात्रामा जान असमर्थ छु ।”

व्यस्तताका कारण आफ्नो सहभागिता नहुने विषयमा केही दिन अघि नै एनओसीलाई अवगत गराइसकेको बताउँदै सदस्य सचिव गुरुङले परिषदको कार्यलाई तिव्रता दिन आफू यतिबेला कुनै पनि कार्यक्रममा जान नसक्ने बताए । “विश्वका खेलाडीहरुको जमघट हुने खेलकुदको महाकुम्भ ओलम्पिकमा जान सबैलाई उत्तिकै चासोको विषय हुने गरे पनि आफ्नो कामको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने हुन्छ”, उनले भने ।

यहि जुलाई २३ देखि अगस्त ८ तारिख सम्म जापानको राजधानी टोकियोमा हुने ओलम्पिकमा जाने नेपाली टोलीमा उपाध्यक्ष गुरुङ सहितको २६ जनाको नाम एनओसीले मंगलबार सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close