
पोखरा स्पोर्टस । एएसबीसी एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि आयोजित छनोट प्रतियोगितामा कास्कीका निश्चल गुरुङले फाइनलमा स्थान बनाएका छन ।
६० केजी तौल समुह अन्तर्गतको छनोट खेलमा निश्चलले झापाका समिर गुरुङलाई पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरेका हुन । उनी भूपू वक्सिङ क्लव पोखराका खेलाडी हुन । यसै गरी नक्साल बक्सिङ क्लबका भूमिक थापा छनोट प्रतियोगितामा सोमबार पहिलो भएका छन् । नेपाल बक्सिङ संघको आयोजना भइरहेको प्रतियोगिताको जुनियर पुरुष ५७ केजी फाइनलमा भूमिकले भाइब काठमाडौंका राउल नेपाललाई पराजित गरे ।
युथ अन्तर्गत पुरुष ५४ केजीमा बोसीगाँसका शुलभ मालीले झापाका प्रवीण बयल्कोटी तथा ६३ केजीमा रामेछापका सुमन श्रेष्ठले सुनसरीका संगम राईलाई फाइनलमा हराए । युथकै महिला ४८ केजी फाइनलमा नक्सालकी तेजीमाया गुरुङले ललितपुरकी उमा श्रेष्ठलाई पन्छाइन् ।
