‘ए’ डिभिजन लिग फुटसल प्रतियोगिता साउन २३ गते पोखरामा शुरु हुने

पोखरा स्पोर्टस । अखिल नेपाल फुटसल संघ (एन्फा) फुटसल कमिटीको आयोजनामा हुने ‘ए’ डिभिजन लिग फुटसल प्रतियोगिता साउन २३ गते बाट पोेखरामा शुरु हुने भएको छ ।

यस अघि बैशाख २५ देखि जेठ १५ सम्मका लागि तय भएको उक्त प्रतियोगिता कोभिड १९ का कारण स्थगित भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत गठित फुटसल कमिटले यस अघि नै सातै प्रदेशमा छनोट प्रतियोगिता भने सम्पन्न गरिसकेको र साउन २३ गतेबाट शुरु हुने लिगमा सातै प्रदेशका टिम भिड्ने भएका छन ।

एफसी फुटसल एशियन कप २०२२ का लागि खेलाडी छनोट गर्न आयोजित उक्त प्रतियोगितामा सात प्रदेशका २–२ टिम गरी १४ टिमको सहभागिता रहने छ । गण्डकी प्रदेशबाट स्पोर्टस क्यासल र सविन मेमोरियल फुटसल क्लवको सहभागिता रहने आयोजकले जनाएको छ ।  यि दुवै टिम यस अघि नै छनोट भइसकेका हुन ।

पोखरा रंगशालामा वहुउद्धेश्यिय कभर्ड हलमा तय गरिएको उक्त प्रतियोगितामा उपाधी विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाख प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान नगद २५–२५ हजार प्राप्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close