एनओसी द्वारा आयोजित ‘स्पोर्टस एड्मिनिस्ट्रेसन कोर्ष’ तालिम सम्पन्न

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय ओलम्पिक एकेडेमी (एनओए) द्वारा आयोजित ‘स्पोर्टस एड्मिनिस्ट्रेसन कोर्ष’ तालिम सम्पन्न भएको छ ।

एक साता लामो तालिम समापनको अवसरमा बोल्दै नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राज वैद्यले यो तालिमले ओलम्पिकको मुल मर्मलाई माथी उठाउन भूमिका खेल्न सहयोग पुग्ने बताए । सहभागीहरुले आफूले सिकेको कुरालाई आफ्ना खेलकुदका संघहरुमा लागु गर्न तथा ओलम्पिकको मान्यतालाई आफ्नो दैनिक जिवनमा समेत संगै लिएर हिडन उपाध्यक्ष वैद्यले आग्रह गरे ।

भर्चुअल माध्यमबाट सञ्चालन भएको उक्त तालिमको अवसरमा वोल्दै सहजकर्ता मध्येका एक रबीराज कर्णिकारले ओलम्पिकको मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्न सके मात्र आफ्नो पहिचान स्थापित हुन सक्ने बताए । ओलम्पिको सिद्धान्त अनुरुप एकले अर्कालाई आदर, सम्मान र मैत्रीपूर्ण व्यवहारले खेलकुद विकासका लागि सहज मार्ग पहिल्याउन सहयोग पुग्ने उनको भनाई थियो ।

ओलम्पिकको सोलिडेरिटी कार्यक्रम अन्तर्गत भएको उक्त तालिममा नेपाल ओलम्पिक कमिटीका निर्देशक सुजनलाल श्रेष्ठ, डा. सरोज कृष्ण श्रेष्ठ, रोमी गिरी, रिता प्रजापती, सुन्दर खनाल, ज्योती राणा र निलेन्द्रराज श्रेष्ठले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा विभिन्न खेलकुद संघका पदाधिकारी र प्रशिक्षकहरु गरी करिव ४० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close