फुटसल संघले बुझायो जिल्ला प्रशासनलाई ज्ञापन पत्र

पोखरा स्पोर्टस । फुटसल ब्यावसायीहरुको छाता संगठन नेपाल फुटसल ब्यावसायी संघले कोभिड १९ को कारण फुटसल ब्यवसायीमा परेको परिणामको असरलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौलाई एक ज्ञापन पत्र बुझाएका छ ।

कोभिडका कारण विगत २ महिना देखि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको निषेधाज्ञाका कारण सवै क्षेत्रले बाध्य भई आफ्ना क्रियाकलापलाई बन्द गर्न बाध्य भएकोमा हाल निषेधाज्ञामा केहि खुकुलो पन आई सहजता देखिएकोले फुटसलले पनि उक्त खुकुलो पनको उपभोग गर्न पाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

सवै वर्ग, समूहका लागि शारिरीक, मानसिक स्वास्थ्य संग जुटेको फुटसल ठुलो लगानी गरि खोलिएकोले लामो समय सम्म संचालनमा नआएका कारण बैंक ब्याज, कर्मचारीको तलव लगायत विभिन्न आर्थिक ब्ययभार बहन गर्नु पर्नाका कारण ठुलो क्षती ब्यहोर्नु बाध्य भएकोले राज्यले तोकेको मापदण्ड पुरा गरि प्रतिबद्धता सहित फुटसल संचालन गर्न पाउनु पर्ने माग संघका अध्यक्ष तथा महासचिवद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close