
पोखरा स्पोर्टस । सहारा क्लवका पूर्व फुटबल प्रशिक्षक तथा सहारा हङकङका वरिष्ठ उपाध्यक्ष स्व.विल तामाङको ४९ दिनको पुण्य तिथीमा सहारा क्लव पोखराले एक कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली अपर्ण गरेको छ ।






तामाङ परम्परा अनुसार ४९ औं दिनको पुण्य तिथीलाई मध्यनजर गर्दै आफ्नो क्लवको भवनमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर वानियाँ, क्षेत्रिय खेलकुदका पूर्व उपाध्यक्ष क्लवका सल्लाहाकार तथा सुनिल गुरुङले स्व.तामाङको तस्विरमा माल्यापर्ण गरी श्रद्धाञ्जली दिएका छन ।
क्लवका अध्यक्ष तथा जिल्ला खेलकुदका सदस्य केशव बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका सल्लाहाकार तथा अग्रज पत्रकार नारायण कार्की, क्लवका पूर्व अध्यक्षहरु, कार्य समितीका पदाधिकारी तथा सदस्यहरु समेत श्रद्धाञ्जली कार्यक्रममा सहभागी रहेका थिए ।
हङकङमा रहेर फुटबल प्रशिक्षण संगै विभिन्न सामाजिक कृयाकलापमा रहेका स्व तामाङ गत चैतमा सञ्चालन भएको फुटबल प्रशिक्षकका लागि एफसी/एन्फा ‘ए’ लाइसेन्स प्राप्त गर्न नेपाल आएका थिए । तर उनको गत जेठ ४ गते कोभिड १९ का कारण ४६ वर्षको उमेरमा पोखरामा निधन भएको थियो ।
तस्विरः सुदर्शन रञ्जित
