
पोखरा स्पोर्टस । नेपाल भलिबल संघ (एनभिए)का महासचिब जितेन्द्र बहादुर चन्द सेन्ट्रल एशियन भलिबल एशोसियसन (काभा)को कोषाध्यक्षमा मनोनयन भएका छन ।
महासचिव चन्द आगामी चार वर्षका लागि मनोनयन भएका हुन । नेपाल भलिवल संघबाट अन्तर्राष्ट्रिय भलिवल संघको उपल्लो पदमा पुग्ने पहिलो नेपाली भएको संघका कार्यवाहक अध्यक्ष याम बहादुर गुरुङले जनाएका छन । उनको मनोनयन सँगै कावा अध्यक्ष गुरुङले खुसी व्यक्त गर्दै महासचिव चन्दलाई सफल कार्यकालको शुभकामना दिएका छन ।
काभाका अध्यक्ष मोहमद लतिफले महासचिव चन्दलाई पठाएको पत्रमा राष्ट्रिय संघहरुको छाता संस्था काभामा भलिवल र विच भलिवल खेलको विकासमा संगै कार्य गर्ने मनसाय व्यक्त गरेका छन ।
आफ्नो मनोनयन बारे कुरा गर्दै महासचिब चन्दले खुसी व्यक्त गर्दै आफ्नो मनोनयनले नेपालको भलिवल खेल विकासमा लाभ लिन सक्ने बताए । उनले भने–“नेपालले भलिवल खेल विकासमा देखाएको सक्रियता र अन्तर्राष्ट्रिय सहभागिताले पनि नेपालले यो अवसर पाएको हो ।” नेपालले चुस्त दुरुस्त रुपमा व्यवस्थापन गर्न सक्यो भने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न मनोनयनले पनि सहयोग पुग्ने सँगै आर्थिक रुपमा सहज बनाउन समेत मद्धत पुग्ने उनको भनाई थियो ।
