पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा मेशिनले झार काट्दै

पोखरा स्पोर्टस । विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण २ महिना देखि ठप्प रहेको पोखरा रंगशाला स्थित भलिबल प्रशिक्षण केन्द्रको मैदानको यति बेला मेशिनको प्रयोग गरी झार काट्न शुरु गरिएको छ ।

बन्दावन्दीका कारण ठप्प रहेको रंगशालामा प्रशिक्षण नहुँदा मैदानमा समेत झार बढेर कुरुप हुन थाले पछि जिल्ला भलिवल संघ कास्कीले मेसिन लगाएर झार काट्न थालेको हो । करिव ८ हजार खर्चमा झार काट्न खर्च गर्न लागिएको संघका अध्यक्ष भिम पराजुलीले बताए ।

केही दिन यता परेको अविरल वर्षाका कारण पनि प्रशिक्षण स्थलमा झार ह्वात्तै पलाएको र मैदान नै कुरुप हुन थाले पछि झार काट्न रकम खर्चिनु परेको जिल्ला खेलकुदका सचिव समेत रहेका पराजुलीले बताए । मैदानलाई पूर्णरुपमा नवौं राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण गर्न तयारी अवस्थामा राख्ने र सरसफाई समेत गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close