नेकोसको पहलमा खेलाडीहरुलाई कोभिड विरुद्धको खोप दिन शुरु

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ (नेकोस)को पहलमा आजबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकुद संघका पदाधिकारी तथा कर्मचारीहरुलाई कोभिड १९ विरुद्धको खोप दिन शुरु गरिएको छ ।

नेकोसले कोभिड १९ को दोश्रो लहर शुरु भए सँगै ‘कोभिड नो भिड’ भन्दै शुरु गरेको अभियान अन्तर्गत खेलकुदलाई चलायमान बनाउन कोभिड विरुद्धको खोपका लागि पहल गरेको हो । सो बारे जानकारी दिंदै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सम्पन्न श्रेष्ठले आजबाट शुरु गरिएको अभियान अन्तर्गत २ सय ५० जनालाई पहिलो चरणको खोप दिइएको छ । आजको खोप अन्तर्गत भलिबल प्रशिक्षणमा सहभागी खेलाडी, ओलम्पिकको तयारीमा रहेका खेलाडी तथा अफिसियलहरुलाई खोप दिइएको श्रेष्ठले बताए ।

नेकोसले नेपाली खेलकुदलाई चलायमान बनाउन नेपाल सरकार संग ५ हजार खोप माग गरिएको बताउँदै राखेप सदस्य श्रेष्ठले कुनै संस्थाले समेत खोपका लागि पहल नगरेको अवस्थामा नेकोस अगाडी आएको भन्दै प्रशंसा समेत गरेका छन । उनले भने–“नेकोसले जुन पहल शुरु गरेको छ यो अब देशव्यापी बन्ने मात्रै छैन खोपबाट वञ्चित रहेका खेलाडीहरुलाई शुरक्षित बनाउँदै मैदानमा उत्राने छ ।”

यसै गरी अर्का राखेप सदस्य तथा नेकोसका उपाध्यक्ष सुभाष श्रेष्ठले देश भरिका करिव ५ हजार खेलाडीलाई खोप अभियानमा समावेश गराइने बताए । नेकोसको तर्फबाट खोप अभियानका लागि संयोजकको भूमिका निर्वाह गरिरहेका श्रेष्ठले सरकार संग खेल सँग सम्वन्धितहरुलाई खोपका लागि पटक–पटक आग्रह गरिए अनुसारनै यो कार्यक्रम शुरु भएको बताए । उनले जापानमा हुने टोकियो ओलम्पिकमा जाने खेलाडी तथा अफिसियल, १८ औं एशियनमा सहभागी भएका खेलाडी, ८ औं मा सहभागी भएका खेलाडी, १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा सहभागी खेलाडीहरुलाई प्राथमिकतामा राखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close