
पोखरा स्पोर्टस । नेपाल ह्याण्डबल संघको कार्यबाहक अध्यक्षमा राम कृष्ण केसी नियुक्त भएका छन ।
संघका अध्यक्ष तेज बहादुर गुरुङले आफ्नो कार्यव्यस्तताका कारण देखाउँदै संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका केसीलाई कार्यबाहकको जिम्मेवारी सुम्पिएका हुन । कार्यवाहक अध्यक्षमा नियुक्त भएका केसीको वरिष्ठ उपाध्यक्षमा यो दोश्रो कार्यकाल हो ।
अध्यक्ष गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिबमा नियुक्त भए पछि कार्यव्यस्तताका कारण आफूले वरिष्ठ उपाध्क्ष समेत रहेका केसीलाई हाल तिन महिनाका लागि कार्यबाहकको जिम्मेवारी दिएको पोखरा स्पोर्टसलाई बताए ।
