पोखरा महानगर खेलकुद विकास समितीको सदस्य सचिबमा खड्का

पोखरा स्पोर्टस । पोखरा महानगर खेलकुद विकास समितीको सदस्य सचिबमा सुवास खड्का नियुक्त भएका छन ।

पोखरा महानगरको ५० औं कार्यपालिका बैठकले खड्कालाई सदस्य सचिवमा नियुक्त गरेको हो । महानगर पालिकाका प्रमुख मान बहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले महानगरको खेलकुद विकास विकास ऐन, २०७५ को दफा ३ (झ) बमोजिम खड्कालाई आगामी ४ वर्षका लागि सदस्य सचिवको जिम्मेवारी सुम्पिएको छ ।

पोखरा ३२ निवासी खड्का विगत दुई दशक देखि खेलकुदमा सक्रिय छन । उनी फुल कन्ट्याक्ट करातेका राष्ट्रिय खेलाडी सँगै रेफ्रि समेत हुन भने कास्की जिल्ला रग्वी संघको अध्यक्ष समेत हुन ।

सदस्य सचिवको जिम्मेवारी पाए सँगै खड्काले ग्रासरुट लेभलबाट विभिन्न खेलकुदको प्रशिक्षण शुरु गर्ने पोखरा स्पोर्टस संग बताए । उनले भने–“हामीले पोखरालाई खेल पर्यटनको राजधानीका रुपमा परिचय गराउन सम्भावना भएका खेलहरुको प्रशिक्षणहरुलाई विशेष जोड दिनें छौं ।” उनले देशका सवै महानगरहरु सँग खेलकुदको माध्यमबाट सम्वन्ध बलियो बनाउने प्रयास रहने बताउँदै पोखरा महानगर भित्र विभिन्न खेलहरु सञ्चालनहरुलाई प्राथमिकताका साथ अघि बढाउने समेत बताए । सबै खेल संघहरु संग समन्वय गर्दै महानगरमा खेलकुद एकेडेमी सञ्चालन गर्न आफ्नो ध्यान केन्द्रित गर्ने उनले बताए ।

पोखरा महानगर खेलकुद विकास समितीको अध्यक्षमा यस अघि नै दिपक बहादुर गोदार नियुक्त भइसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close