पोखरा रंगशालामा खेलाडीहरुले मनाए ‘ओलम्पिक डे’

पोखरा स्पोर्टस । आधुनिक खेल शुरु भएको दिनको सम्झनामा मनाउँदै आइएको ‘ओलम्पिक डे’ का अवसरमा पोखरा रंगशालामा खेलाडीहरुले विविध खेलहरुको पदर्शन गरी मनाएका छन ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको आयोजना, नेपाल ओलम्पिक कमिटी र स्पोर्टस फर अल कमिसन गण्डकीको तत्वाधानमा आयोजित कार्यक्रममा आधा दर्जन भन्दा वढी खेलमा आवद्ध खेलाडीहरुले आ–आफ्ना खेलहरु पदर्शनी गरेका हुन । कोभिड–१९ को दोश्रो लहर पछि प्रायः ठप्प रहेको खेलकुद विशेष सावधानी अपनाउँदै खेलाडीहरु ओलम्पिक डे मनाएका थिए ।

सो अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले आधुनिक खेल जगतमा ओलम्पिक डेको महत्व माथी प्रकाश पार्दै नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरेका थिए । कार्यक्रममा अग्रज खेलाडी तथा स्पोर्टस फर अल कमिसन गण्डकीका संयोजक खड्ग बहादुर रानाभाटले वर्तमान कोभिड १९ को विषम परिस्थितीमा समेत खेलाडीहरु रहेको उत्साहको प्रशंसा गर्दै सहभागीहरुलाई धन्यवाद दिए ।

कार्यक्रम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष तथा पोखरा महानगर पालिका खेलकुद संघका अध्यक्ष दिपक बहादुर गोदारको अध्यक्षतामा भएको थियो । अध्यक्ष गोदारका अनुसार पदर्शनी खेलमा वक्सिङ, मुआथाई, फुल कन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, क्रिकेट लगायतका खेल सम्वद्ध खेलाडी र संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसै गरी लागु औषध पूर्नस्थापना केन्द्रमा रहेकाहरुले टेवुल टेनिस खेलको पदर्शनी गरेका थिए । प्रदर्शनीमा खेलमा ५१ जना यूवाहरु सहभागी रहेको स्पोर्टस फर अल कमिसन गण्डकीका संयोजक रानाभाटले पोखरा स्पोर्टसलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close