प्रदेश मुख्यमन्त्री पोखरेललाई खेलकुद परिषद गण्डकीले दियो बधाई

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङ सहितको टोलीले मुख्यमन्त्री कार्यालयमा भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

मुख्यमन्त्री पोखरेललाई बधाई तथा शुभकामना व्यक्त गर्न सदस्य सचिब गुरुङको टोली मुख्यमन्त्री कार्यालय पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो । सो अवसरमा सदस्य सचिब गुरुङले मुख्यमन्त्री पोखरेलाई गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै १३ औं दक्षिण एशियाली खेलकुद (साग), ८ औं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडी, विभिन्न जिल्ला संघ तथा परिषदका सदस्यहरु गरी करिव ४ सय जनालाई कोभिड १९ विरुद्धको खोपका लागि आग्रह गरेका छन ।

सो अवसरमा सदस्य सचिब गुरुङले गण्डकीमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सँगै आर्थिक वर्ष २०७८÷०७९ का लागि विनियोजित कुल बजेटको कम्तिमा पनि दुई प्रतिशत खेलकुदका लागि छुट्याउन आग्रह गर्दै मुख्यमन्त्रीलाई आग्रह गर्दै भने–“हामीले अव नवौंको तयारी गर्नुछ, प्रशिक्षकको उत्पादन सँगै खेलाडीलाई हौसला बढाउन कोभिड विरुद्धको खोप आवश्यक रहेको छ ।”

सो अवसरमा मुख्यमन्त्री पोखरेलले आफ्नो तर्फबाट खोपका लागि पहल गर्ने आश्वासन दिएका छन ।

यसै गरी जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँले समेत नवनियुक्त मुख्यमन्त्री पोखरेललाई बधाई तथा शुभकामना दिएका छन ।

मुख्यमन्त्री पोखरेललाई बधाई तथा शुभकामना दिन प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य द्वय ऋषीराम गौतम र तारा थापा मगर, परिाषद सदस्य निर्मलाबराल, परिषदका सदस्य योगेन्द्र शेरचन, कास्की जिल्ला खेलकुद विकास समितीका उपाध्यक्ष महेन्द्र गुरुङको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close