पोखरा रंगशालामा क्रिकेट र बहुउद्देश्यिय कभर्डहलको काम तिव्र

पोखरा स्पोर्टस । पोखरा रंगशालामा क्रिकेट खेल मैदानको तार जाली र बहुउद्देश्यिय कभर्डहल भित्र पार्केटिङको कार्य तिव्र रुपमा अघि बढाइएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट पोखरा रंगशालामा यि दुई पूर्वाधारहरुको वाँकी काम सम्पन्न गर्न तिव्रता दिइएको हो । करिव ३ वर्ष अघि सम्पन्न गरीएको पोखरा रंगशालाको बहुउद्देश्यिय कभर्डहलको पार्केटिङकार्यका लागि विनयोजित ९० लाख बाट काम शुरु गरिएको निर्माण उपभोक्ता समितीका सचिव याम बहादुर गुरुङले बताए ।

नेपालकै ठूलो कभर्डहल मध्येको एक बहुउद्देश्यिय कभर्डहलमा पार्केटिङ पछि कुनै पनि इन्डोर खेलहरु सञ्चालनमा सहज हुने उपभोक्ता समितीका सचिव तथा जिल्ला खेलकुद कास्कीका पूर्व अध्यक्ष समेत रहेका गुरुङले पोखरा स्पोर्टसलाई बताए । “अहिले हामी यहि असार मसान्त सम्म काम सक्ने गरी शुरुवात गरेका छौ” उनले भने–“तर यसको संरक्षणको खाँचो पनि उत्तिकै छ ।” पार्केटिङका लागि साल र अग्राख जातको काठ प्रयोग गरिएको गुरुङले जानकारी दिए ।

यसै गरी पोखरा रंगशालामा क्रिकेट खेल मैदानमा तारजाली लगायर संरक्षण गरिने भएको छ । राखेपको आ.व २०७७–०७८ का लागि विनियोजित २५ लाखबाट तार जाली लगाउन शुरु गरिएको निर्माणको रेखदेखमा जुटिरहेका प्रदिप राउतले बताए । राखेपबाट प्राप्त २५ लाखमा मैदानको वरिपरी करिव ५ सय मिटर क्षेत्रमा तारजाली लगाउन शुरु गरिएको पोखरा क्रिकेट खेल मैदानका पिच क्यरेटर समेत रहेका राउतले जानकारी दिए ।

ग्राउण्ड लेभलबाट ३ फिटको रिटेनिङ वाल सहित करिव ४ फिटको तारजालीले क्रिकेट खेल मैदानलाई संरक्षण गरिने राउतले बताए । “राखेपबाट प्राप्त रकमले ३ सय मिटर भित्रको मात्रै काम हुने थियो तर हामीले उपभोक्ता समिती मार्फत गर्दा ५ सय ४० मिटर पु–याएक छौं”, उनले भने । उनले तार जाली पछि मैदान सँङै पिचको समेत संरक्षण गर्न सहज हुने बताए । तारजाली सङ्गै मैदानका सवै भागमा ७ वटा गेटहरु समेत हुनेछन ।

तार जाली पछि मैदानको भाग सेन्टरलाई बाट ७८ मिटरको हुने राउतले बताए । उनले भने–“यो अन्तर्राष्ट्रिय मापदण्डको नै हो, केही भागमा माटो रिफिलिङ गर्नुपर्ने हुन्छ तर अहिले माटोको लागि रकम अभावले रोकिन सक्छ तर हामी सहयोगका लागि भनेका छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close