राखेप सदस्य गुरुङले मनाङ नासो तालवासीलाई हेलिकप्टरबाट पुर्याए राहत

पोखरा स्पोर्टस । मनाङको नासो ताल बासीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले राहत वितरण गरेका छन ।

बाढीबाट प्रभावित भएकाहरु सिम्रिक एयरको हेलिकोप्टर चार्टर गरेर शुक्रबार नासो पुगेका गुरुङले खाद्य सामाग्री सहयोग हस्तान्तरण गरेर फर्किएका हुन । विगत केही दिन देखि नासो गाँउ बाढीको डुबानमा परेकोले बस्तुस्थिती बुझ्ने क्रममा केही राहत सामाग्री समेत सहयोग गरेको उनले जनाए । उनले पोखरा स्पोर्टस सँग कुरा गर्दै भने–“त्यहाँको स्थिती नाजुक छ, मैलै केही राहत त पुर्याएको छु, तर तत्काल त्यहाँका जनतालाई राज्यको सहयोग आवश्यक छ ।”

नासो गाँउमा बिद्युत देखि संचार सेवा समेत अबरुद्ध भएकोले खाद्य बस्तु देखि अत्याबश्यक सेवा तत्काल उपलब्ध गराउन सरकार समक्ष राखेप सदस्य गुरुङले आग्रह गरे । उक्त हेलिकोप्टरको सहायतले नासोको खोला पारी अर्को बस्तीबाट बिद्युतको तार समेत नासो बस्तीमा ल्याएर विद्युत बाल्न सहयोग गरेको थियो ।

मनाङको नासो गाउँपालिका १ स्थित नासो ताल क्षेत्रका स्थानिय यति वेला बाढीको डुवाले गर्दा तत्काल उद्धार र राहातको पर्खाइमा रहेका छन । विगत ४ दिन देखि राम्रोसंग दुई छाक खान र रात विताउन समेत मुस्किल परेको स्थानिय रोशनी गुरुङले गुनासो गरिन । नासोबासीको पिडामा हालसम्म सरकारको उपस्थित नहँदा उनीहरुले छिट्टै आफुहरुलाई उद्धार र राहत उपलब्ध गराउन माग गरेका छन ।

आफुहरुले पूर्व सावधानी अपनाएकोले गर्दा मानविय क्षेत्र नभए पनि ६२ घर परिवारको अधिकांश घरमा बाढी पसेर अन्न वाली र विस्तारा सहितका बस्तुहरु हिलाम्मे भएको र केही बगाएको त केही पुरिएको स्थानिय मदन गुरुङले बताए । आफुहरु करिब ३ सय जना मध्य हाल केहीको हात खुट्टा भाँचिएको त केहीको स्वास्थ्यमा समस्या देखिन थालेकोले तत्काल अन्य ठाँउमा पुनः स्थापना गर्नुपर्ने उनले माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close