यूवा तेक्वान्दो खेलाडी अमनलाई आर्थिक सहयोग

पोखरा स्पोर्टस । तेक्वान्दोकर्मीलगायतले रकम संकलन गरी १३ वर्षीय तेक्वान्दो खेलाडी अमन तामाङको स्वास्थोप्चारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेका छन् ।

लाजिम्पाटस्थित कान्ति बाल अस्पतालमा उपचाररत अमनलाई बागमती प्रदेश तेक्वान्दो संघको तर्फबाट सचिव उमेश नकर्मीले २० हजार तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले संकलित ३० हजार रुपैयाँ अमनका पिता अमरलाई अस्पताल हातामा हस्तान्तरण गरे ।

उपचारका लागि बागमती प्रदेश तेक्वान्दो संघले सबै भन्दा बढी २० हजार सहयोग गरेको छ । त्यस्तै हरिश्वर पोखरेलले ३ हजार, सुमन खड्काले ५ हजार, मुबिक्क्षा गजुरेलले २ हजार ५ सय, भाष्कर श्रेष्ठले ४ हजार, सन्तलाल श्रेष्ठले २ हजार, गणेश थापाले ३ हजार, पुष्पप्रसाद गौतमले १ हजार ५ सय, ओम लामाले २ हजार, एन्जेल राईले २ हजार, कुमार लामा घिसिङले १ हजार, थानेश्वर मगरले १ हजार ५ सय तथा अशोक खड्काले ४ हजार रुपैयाँ सहयोग गरेका हुन् । सुमन र ओम बाहेक सबै तेक्वान्दोकर्मी हुन् ।

रकम हस्तान्तरणपछि टोलीले अमनको स्वास्थ्य अवस्था बारे पनि जानकारी लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close