जिल्ला खेलकुद कास्कीले गर्ने भनेको वृक्षारोपण वर्षाका कारण भोलीलाई स-यो 

पोखरा स्पोर्टस । जिल्ला खेलकुद विकास समिती कास्कीले मंगलबार पोखरा रंगशालामा गर्ने भनेको वृक्षारोपण तथा सरसफाई कार्यक्रम वर्षाका कारण भोली बुधबारलाई सरेको छ ।

पोखरामा मंगलबार विहानैबाट भारी वर्षाका कारण पोखरा रंगशालामा गर्ने भनिएको वृक्षारोपण तथा सरसफाई कार्यक्रम प्रभावित बने पछि बुधबारलाई सरेको हो । यूवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोगमा घोषित तिन दिने विविध कार्यक्रम अन्तर्गत आज वृक्षारोपण तथा सरसफाई कार्यक्रम तय भएको थियो ।

सो बारे जानकारी दिंदै जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बानियाँले आजको वृक्षारोपण कार्यक्रम भोली बुधबारका लागि सारिएको पोखरा स्पोर्टसलाई बताए । उनले भने–“हामीले आज वृक्षारोपण गर्ने भनेका थियौं, त्यसको तयारी पनि भइसकेको थियो तर भारी वर्षाका कारण बुधबारलाई सारेका छौं ।”

वृक्षारोपण बारे जानकारी दिंदै जिल्ला खेलकुद कास्कीका सदस्य केशव बहादुर थापाले पोखरा रंगशालामा करिव २ सय भन्दा वढी विभिन्न फलफुल तथा अन्य विरुवाहरु रोप्न तयारी अवस्थामा राखिएको जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको समन्वयमा समेत सञ्चालन भइरहेको कार्यक्रममा जिल्ला खेलकुदले रक्तदान कार्यक्रम र समस्यामा रहेका ६० जना खेलाडीलाई राहत स्वरुप खाद्यान्न वितरण भने गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close