गण्डकी प्रदेशको खेलकुद निति–’खेलकुद विकासका लागि गैडाकोटमा वि.पी खेलग्राम’

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रममा नवलपुरको गैडाकोटमा वि.पी खेलग्राम स्थापना हुने जनाइएको छ ।

प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलले सोमवार प्रस्तुत गरेको निति तथा कार्यक्रममा नवलपुरको गैडाकोटमा खेलकुद विकासका लागि वि.पी खेल ग्राम स्थापना गर्ने बताएकी हुन । आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तुत निति तथा कार्यक्रममा राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय तह स्तरका र मैत्रीपूर्ण खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिने जनाइएको छ ।

त्यसै गरी प्रदेश खेलकुद परिषदको भौतिक पूर्वाधार निर्माण, प्रशिक्षक तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सँगै एक पालिका एक खेलमैदान कार्यक्रमलाई निरन्तरता दिइने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसै गरी सामुदायिक पार्क तथा एकीकृत आधारभूत खेलमैदान निर्माण गर्न स्थानीय तहलाई प्रोत्साहन गरिने निति तथा कार्यक्रममा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close