मन्त्री गुरुङको अभिव्यक्ति खेदजनक–राखेप

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका विना विभागिय मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल र सदस्य राजेश कुमार गुरुङ विरुद्ध दिएको अभिव्यक्ती खेदजनक रहेको जनाएको छ ।

राखेपले सोमबार एक विज्ञप्ती मार्फत मन्त्री गुरुङको अभिव्यक्ती खेदजनक रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । राखेपद्वारा जारी विज्ञप्तीमा भनिएको छ–“हामीले परिकल्पना गरेको प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्ने खाल्को अभिब्यक्ति एउटा जनप्रतिनिधि एवं माननीय मन्त्रीज्यू बाट बाहिर आउनु आफैमा खेदजनक रहेको छ ।”

खेलकुद विकास र विस्तारमा अनवरत लागि रहनु भएका परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्य गुरुङ माथी यस्ता अभिब्यक्ति आउनु सम्पूर्ण खेल जगतको अपमान भएको महशुस भएको जनाउँदै विज्ञप्तीमा भनिएको छ–“माननीय मन्त्रीज्यूबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिब्यक्तिको राष्ट्रिय खेलकुद परिषद् घोर भत्सर्ना एवं निन्दा गर्दै उक्त भनाइले सम्पूर्ण नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गर्दै दोषी उपर प्रचलित नेपाल कानून बमोजिम कानूनी कार्वाहीको समेत माग गर्दछौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close