
पोखरा स्पोर्टस । नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल (नेपाली) लाई भेट गरी बधाई सँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ।
अध्यक्ष कर्मा सँगै केन्द्रिय रत्न कुमार श्रेष्ठ, विजय घले, रुपेश अधिकारी लगायतको टोली बधाई दिन मुख्यमन्त्री कार्यालय पुगेको हो । भेटका अवसरमा प्रदेशको फुटबल विकासका लागि मुख्यमन्त्री सँग सामान्य कुराकानी भएको जनाइएको छ । “मुख्यमन्त्रीज्यू सँग फुटबल विकासका लागि सामान्य कुराकानी भयो” अध्यक्ष शेर्पाले भने–“मेरो ध्येय भनेको नै फुटबल विकास होस भन्ने हो,” उनले थपे–“म प्रचारवाजी त्यती रुचाउन्न समय आए पछि सबै कुरा बताउँला ।”
अध्यक्ष शेर्पाले पोखरा रंगशालामा फल्ड् लाईट सँगै साइड स्क्रिन राख्न मुख्यमन्त्री संगै योजना आयोगका प्रमुखहरुलाई भेट गरि आग्रह गरिएको बताए । उनले पोखरा रंगशाला स्टेडियमलाई अन्तर्राष्ट्रिस्तरको बनाउन फल्ड् लाइट र साइड स्क्रिन आवश्यक रहने बताए । उनले भने–“म पोखरामा एक अन्तर्राष्ट्रिस्तरको रंगशाला होस भन्ने चाहन्छु, सवैको सहयोगमा यो निर्माण हुनेछ भन्ने मेरो विश्वास हो ।”
यसै विच अध्यक्ष शेर्पाको टोलीले प्रदेशका विना विभागिय मन्त्री राजिव गुरुङ (दिपक मनाङे) सङ सामान्य भेट सँगै कुराकनी भएको मन्त्री गुरुङका सहयोगी रोनित गुरुङले बताए ।
