
पोखरा स्पोर्टस । कोभिड १९ महामारीका तथा जारी निषेधाज्ञाका विच जिल्ला खेलकुद विकास समिती कास्कीले विविध कार्यक्रम गर्ने भएको छ ।
जिल्ला खेलकुद कास्कीले वर्तमान महामारीका विरुद्ध खेलकुद मार्फत महामारी विरुद्धको अभियानका साथ विविध कार्यक्रम गर्ने भएको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तोरण बहादुर बानियाँले जनाएका हुन । उनका अनुसार समितीले यहि जेठ ३० बाट असार १ गते सम्म तिन दिने अभियान अन्तर्गत चार वटा फरक–फरक कार्यक्रमका साथ अघि बढ्ने बताए ।

जिल्ला खेलकुदले जेठ ३० र ३१ गते महामारी विरुद्धको अभियानमा समुदायमा जनचेतना जगाउने उद्धेश्यका साथ विभिन्न पालिका र पोखरा महानगरका वडाहरु, आमा समुहका भवन तथा क्लवका कार्यालयहरुमा कोभिड १९ विरुद्धका जनचेतना अभियानका पर्चा पम्पलेट टास्ने तथा वितरण गर्नुका सार्थ विभिन्न स्थानमा जनचेतना जगाउन माइकिङ गर्ने भएको छ ।
त्यसै गरी जेठ ३० गते विहान खेलाडी तथा युवाहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्ने तथा जेठ ३१ गते विहान ७ः३० बजे विश्व रक्त दाता दिवसका अवसरमा पोखरा रंगशालामा रक्तदान कार्यक्रम गरिने अध्यक्ष वानियाँले जानकारी दिएका छन । उनका अनुसार असार १ गते पोखरा रंगशालामा वृहद् वृक्षारोपण गरिने भएको छ । पोखरा रंगशालाबाट पश्चिम तर्फ बग्ने सेतीनदीबाट रंगशालालाई भुक्षयबाट रोक्न फलफुल सहित अन्य विविध प्रकारका वृक्षारोपण गरिनेछ ।

‘स्वस्थ्य खाना, तन्दुरुस्त शरिर’ नाराका साथ आयोजना हुने कार्यक्रम राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकीको समेत सहयोग रहने अध्यक्ष बानियाँले बताए । उनले भने–“यो नितान्त खेलकुदको कार्यक्रम हो, हामीले कार्यक्रम मार्फत समुदाय र यूवाहरुलाई जोड्न चाहेका हौं,” उनले थपे–“राज्यमा विपतको आवस्थामा हाम्रो कार्यक्रमले सानो भए पनि केही सहयोग पुग्ने हामीलाई लागेको छ ।”
उक्त कार्यक्रमलाई सम्पन्न गर्न समितीले चार जनालाई जिम्मेवारी दिएको छ । जस अनुसार रक्तदान कार्यक्रमको संयोजकमा उपाध्यक्ष महेन्द्र गुरुङ, स्वास्थय सचेतना कार्यक्रमको संयोजकमा सचिव भिम पराजुली, स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा कोषाध्यक्ष कन्चन थापा र वृक्षा रोपण कायक्रमको संयोजकमा कार्य समिती सदस्य केशव बहादुर थापा रहेका छन ।
