
पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा) युथ एकेडेमी (यू–१३)मा खेलाडी छनोटमा भएको विवाद यति बेला छरपस्ट भएको छ ।
एन्फाका उपाध्यक्ष कृष्ण थापाले खेलाडी छनोटमा अध्यक्ष कर्मा छिरिङले एकलौटी गरेको कुरा वाहिरिए पछि छनोेट प्रक्रिया विवादमा परेको हो । खेलाडी छनोट समितीका संयोजमा उपाध्क्ष थापा संयोजक रहेको भए पनि आफूलाई कुनै जानकारी नदिई अध्यक्ष शेर्पाले आफ्नो मनोमानी गरेको आरोप लगाएका छन ।
यता अध्यक्ष शेर्पाले उपाध्यक्ष थापाले छनोटका लागि बोलाएको जुम वैठकमा उपाध्यक्ष थापा अनुपस्थित भएको आरोप लगाए । अध्यक्ष शेर्पाले भने–“उपाध्यक्ष जस्तो मान्छे, हातमा स्मार्ट फोन छ वत्ति छैन भनेर बैठकमा उपस्थित नहुनु गैर जिम्मेवार कुरा हो,” उनले थपे–“आफै छनोट समितीको संयोजक अनि आफ्नोलाई छनोट गर भन्नु त्यो आफैमा अर्को लज्जास्पद कुरा हो ।” अध्यक्ष शेर्पाले छनोटको विषय नितान्त छनोट समितीले गरेको र त्यसमा आफूले कुनै हस्तक्षेप नगरेको स्पष्ट पारे । छनोट समितीले बोलाएको वैठकमा संयोजक उपस्थित नहुनु गैर जिम्मेवार विषय भएको बताए ।
तर यता उपाध्यक्ष थापाले अध्यक्ष थापाले लगाएका आरोपमा कुनै सत्यता नभएको दावी गरेका छन । उनले आफूलाई कुनै वैठकमा नवोलाइएको र एकलौटी रुपमा खेलाडी छनोट गरेको बताए । उनले प्रश्न गर्दै भने–“अध्यक्षले नै सबै कुरा टुङ्गग्याउने भए पछि के को उपाध्यक्ष के को समिती के को संयोजक ?,” उनले जोड दिंदै भने–“अध्यक्ष भए पछि अरुलाई दोष थुपारेर चोखिन सजिलो होला तर यो विषय निकै गम्भिर हो ।” अध्यक्ष शेर्पाले यति बेला आफू चोखिन नाता सङ्ग यो विषय जोड्न खोजेका छन तर यो कल्पोकल्पित भ्रम मात्रै छर्ने विषय हो उनी विधीमा आफू एक पाइला पनि पछि नहटेको बताएका छन ।
छनोट भएका खेलाडीहरु मेडिकल लगायत उनीहरुले छनोटका समयमा गरेको पदर्शनका आधारमा छनोट गरिएको अध्यक्ष शेर्पाले जनाएका छन ।
एन्फाले सञ्चालन गर्न लागेको यूथ एकेडेमीमा नेपाल पुलिस स्कुल, शैनिक आवासिय महाविद्यालय र नेपाल एपिएफ स्कुलमा अध्यययन सहित केही खेलाडी छात्रवृतीमा र केही आफ्नै खर्चमा अध्ययन गर्ने गरी गोलापर्थाÞद्वारा छनोट समेत गरिसकेको छ ।
