
पोखरा स्पोर्टस । बक्सिङका पूर्व राष्ट्रिय खेलाडी तथा निर्णायक हरि बहादुर केसीको बिहिबार निधन भएको छ ।
४८ वर्षिय केसीको काठमाडौ स्थित मेघा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कोभिड १९ का कारण उनी यहि जेठ ९ गते अस्पतालमा भर्ना भएका थिए । उनी वक्सिङका प्रशिक्षक तथा निर्णायक समेत रहिसकेका थिए ।
केसीले सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेका थिए । यस्तै भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली खेलकुदमा कांस्य पदक जितेका थिए ।
दाङका स्थायीघर भएका केसीको श्रीमती एक छोरा र एक छोरी छन ।
