सहारा हङकङका बरिष्ठ उपाध्यक्ष तामाङको श्रद्धाञ्जली सभा सम्पन्न

पोखरा स्पोर्टस । नेपाली फुटवल टिमका पूर्व राष्ट्रिय खेलाडी एवं सहारा क्लव हङकङका बरिष्ठ उपाध्यक्ष बिल तामाङको १३ औं दिनको पुण्यतिथीमा हङकङमा आज (आइतबार) श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।

सहारा क्लब हङकङ, तामाङ घेदुङ हङकङ, एल.जी.संगम परिवार हङकङ र नादा समाज हङकङको संयुक्त आयोजनामा पूर्व राष्ट्रिय खेलाडी एवं उपाध्यक्ष तामाङले खेलकुद र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङले तामाङले आफ्नो खेलाडी जीवनमा खेलकुदमा पुराउन नसकेको बाँकी काम प्रशिक्षक बनेर देखाउने लक्ष्यका साथ एएफसी ‘ए’ लेभलको प्रशिक्षण लाइसेन्स लिन नेपाल गएको समयमा निधन भएकोले आफुहरु निकै मर्माहित भएको बताए । उनले भने–“हामीले भौतिक रुपमा तामाङलाई गुमाए पनि उहाँले देखाएको बाटो हामीले अनुसरण गर्दै समाज र खेलकुदमा पुर्याएको योगदानलाई हामी सधै स्मरण गर्ने छौं ।”

कार्यक्रममा सहारा क्लव हङकङका पूर्व प्रमुख सल्लाहकार तुलसी गुरुङ, महासचिव कुमार गुरुङले तामाङले खेलकुद तथा सामाजिक क्षेत्रमा पुराएको योगदानको चर्चा गरेका थिए । तामाङको कोभिड १९ का कारण पोखरामा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close